Header Ads


पाठकको स्मृतिमा बस्तीपुरमा रक्तदान

हेटौंडा, ११ माघ/हेटौंडा–२९ मा रहेको बस्तीपुर गाइजको आयोजनामा मङ्गलबार बस्तीपुरमा रक्तदान कार्यक्रमको आयोजनामा भएको छ । 
स्थानीय समाजसेवी उदयसिंह पाठकको ६ महिनाको पूण्यतिथीमा आयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका छन् । नेपाल हृदयरोग प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिवंश भेटवालको प्रमुख आतिथ्यता तथा बस्तीपुर गाइजका संयोजक विनय पाठकको अध्यक्षतामा भएको रक्तदनमा विभिन्न संघसंस्थका प्रमुख तथा प्रतिनिधीको उपस्थिती रहेका थिए । गत साउन १५ गते उपचारको क्रममा निधन भएका बस्तीपुर निवासी पाठक विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका थिए । बस्तीपुर गाइजले आगामी दिनमा यस्तै सामाजिक कार्यलाई निरन्तरता दिंदै जाने संस्थाका संयोजक पाठकले जानकारी
दिए ।
Powered by Blogger.