रनिङशिल्डको क्षेत्रीय छनौट आजबाट
हेटौंडा, ९ माघ/यसवर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मकवानपुरमा आज सोमबारबाट सुरु हुने भएको छ ।
निर्वाचन क्षेत्रस्तरीय छनौट प्रतियोगिता आजबाट हुने खेलकुद विकास समितिले जनाएको छ । क्षेत्र नं १ को छनौट हटियाको जनप्रिय माविको संयोजनमा सञ्चालन हुने छ ।
चारवटै निर्वाचन क्षेत्र छनौट सकेपछि फागुनको दोस्रो हप्ता जिल्ला प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ । दौडका सबै विधा गौरिटार रंगशालामा हुने छन् भने भलिबल, कबड्डी र एथ्लेटिक्सका फिल्ड तर्फका खेलहरु जनप्रिय माविको खेलमैदानमा सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक नवराज अर्यालले जानकारी दिए ।
प्रतियोगिताका लागि सबै तयारी भएको र राईगाउँ, फापरबारी लगायतका खेलाडीहरु हटिया आइसकेको विद्यालयले जनाएको छ ।

