Header Ads


हेटौंडा अस्पतालमा फार्मेसी

हेटौंडा, १७ पुस/आइतबारबाट हेटौंडा अस्पतालमा फार्मेसी सञ्चालनमा आएको छ । 
अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशन दिए अनुरुप त्यसलाई पालना गर्दै फार्मेसी सञ्चालनमा ल्याइएको बताइएको छ । आइतबार मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले एक कार्यक्रमकाबीच फार्मेसीको उद्घाटन गरेका हुन् । २५ मिटरमा परेको कारण अस्पताल बाहिर रहेका मेडिकल तथा फार्मेसीहरु समेत भत्किएको अवस्थामा अस्पतालभित्रै खोलिएको फार्मेसीले सर्वसाधारणलाई राहत पुग्ने केसीले विश्वास व्यक्त गरे । आइतबारबाटै सेवा दिन सुरु गरिएपनि यसले २ हप्ताभित्रमा पूर्णता पाउने जानकारी दिइएको छ । अहिले अस्पतालकै कर्मचारीले सञ्चालन गर्नेगरी फार्मेसी सञ्चालनमा ल्याइएको हो । 
अस्पतालका मेसु सर्वेस शर्माको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । यसबाट विशेषगरी रातको समयमा  आउने बिरामीहरुलाई सहजता प्रदान गर्ने शर्माले जानकारी दिए । छिट्टै ओपिडीका बिरामीहरुको लागि समेत औषधिको व्यवस्था गरिने उनले बताए ।
Powered by Blogger.