दलित संघ २ नम्बर क्षेत्रमा विश्वकर्माको नेतृत्व
हेटौंडा, १६ माघ/नेपाली काँग्रेस निकटको नेपाल दलित संघ मकवानपुर क्षेत्र नम्बर–२ को अध्यक्षमा पुरुषोत्तम विश्वकर्मा चयन भएका छन् ।
आईतबार भएको संघको भेलाले विश्वकर्माको नेतृत्वमा ११ सदस्यीय २ नम्बर क्षेत्रीय कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राधिका सुनार, सचिवमा बन्दना बसेल, कोषाध्यक्षमा दीपेश विश्वकर्मा तथा सदस्यमा सन्दिप सुनार, रमा सुनार, नवराज दुधराज, मनोज परियार, जीवन सुनार, सरिता सुनार र राम परियार रहेका छन् । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय ‘डिना’को प्रमुख आतिथ्यता एवम् दलित संघ जिल्ला अध्यक्ष अमित परियारको अध्यक्षतामा भएको भेलामा काँग्रेस कार्यबाहक जिल्ला सभापति विष्णु लामिछाने, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, दलित संघ केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, आमन्त्रित सदस्य अमिक परियार, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, राजेन्द्र विडारी, पुरुषोत्तम ठकुरी लगायतले समसामयिक राजनीतिक अवस्था र नेपाली काँग्रेसको भूमिकालगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।

