गाउँखाने कथामा अरनिको प्रथम
हेटौंडा, १७ माघ/प्याब्सन मकवानपुरको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत हेटौंडा एकेडेमीको आयोजनामा सोमबार भएको गाउँखाने कथा प्रतियोगितामा अरनिको एकेडेमी प्रथम भएको छ ।
१५ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा नवदोय बोर्डि· द्वितीय र सोलिड्यारीटी इन्टरनेशनल बोर्डि· तृतीय भएका छन् । प्रतियोगितामा क्रमश ः प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । एकेडेमीका प्रिन्सिपल श्रीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको प्रमुख आतिथ्यता रहेको थियो । आयोजक हेटौंडा एकेडेमी भएकोले प्रतियोगितालाई निष्पक्ष बनाउनको निम्ति एकेडेमीले सहभागिता नजनाएको प्रिन्सिपल कार्कीले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मंगलबार नवोदय बोर्डिङमा टेबुल टेनिस प्रतियोगिता सञ्चालन हुनेछ ।

