Header Ads


६ सांसद्ले भेटे मन्त्री लेखकलाई

हेटौंडा, १७ माघ/हेटौंडाको राजमार्ग दायाँबायाँको २५ मिटर सडक विस्तारको सन्दर्भमा मकवानपुरबाट व्यवस्थापिका संसद्मा प्रतिनिधीत्व गरिरहेका ६ जना सांसद्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई भेट गरेका छन् । 
पूर्व उपप्रधानमन्त्री कमल थापा, राज्यमन्त्री एवम् सांसद् इन्द्रबहादुर बानियाँ तथा सांसद्हरु महालक्ष्मी उपाध्याय ‘डीना’, रामनारायण बिडारी, अनन्त पौडेल र सुवासचन्द्रसिंह ठकुरीले मन्त्री लेखकलाई भेट्दै २५ मिटरको बिषयमा छिटो निकास दिनुपर्ने बताएका हुन् । मन्त्रालयमा भएको छलफलले २५ मिटर सडक विस्तारको विषयमा अध्ययन अनुसन्धान गर्न गठित विशेष कार्यदलले हेटौंडाको समस्याको उचित सम्बोधन गर्न सबै सरोकारवालाहरुसंग आवश्यक समन्वय गरी प्रतिवेदन बुझाउने र सोपश्चात मात्र आवश्यक निर्णय लिने निर्णय गरेको बताइएको छ । 
हाललाई २५ मिटर सडक विस्तारको कार्य स्थगन गरी उक्त प्रतिवेदन आएपश्चात मात्र अन्य कार्य अघि बढाउने सहमति पनि बनेको मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । भेटमा मन्त्री लेखकले देशैभरको राजमार्ग विस्तारको समस्या हेर्ने गरी निर्माण भएको कार्यदलले हेटौंडाको बिषयमा विशेष प्राथमिकता दिएर हेर्ने आश्वासन दिएका छन् । 
भेटमा सहभागी सांसद् रामनारायण बिडारीका अनुसार यसअघिको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसंग भेट्न अनुरोध गरेका कारण उनलाई भेटिएको हो । मन्त्री लेखकले कार्यदलले हेटौंडाको समस्यालाई प्राथमिकतामा राखेर हेर्ने बताउँदै अर्को आदेश नभएसम्मका लागि २५ मिटर क्षेत्रका संरचना नभत्किने बताएका थिए । 
भेटमा मउवा संघका अध्यक्ष राजकुमार न्यौपाने, निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्वअध्यक्ष उत्तम शर्मा ढकाल, संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, संघका सल्लाहकार विजेन्द्र अग्रवाल, संरक्षण समितिका सदस्य रमेश बज्राचार्यलागयतको टोलीले मन्त्रीसंग भेट गरेका हुन् ।
Powered by Blogger.