Header Ads


खाद्य मेलामा परम्परागत खानाको स्टललाई प्राथमिकता

हेटौंडा, २४ माघ/क्षेत्रीय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजनामा यही माघ २८ र २९ गते हेटौंडामा हुन लागेको खाद्य मेलालाई उद्येश्य अनुरुप सञ्चालन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले आयोजकलाई अनुरोध गरेका छन् । 
सोमबार हेटौंडामा भएको मेला सम्बन्धी गोष्ठीमा उनले लोप हुने अवस्थामा पुगेको खाद्यवस्तुको प्रदर्शनीमा जोड दिन अनुरोध गर्दै मेलामा रहने खाद्य वस्तु अन्यत्र भन्दा सस्तो र गुणस्तरीय हुनुपर्ने सुझाव दिएका हुन् । खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय क्षेत्रीय प्रमुख राजकुमार रिजालले हेटौंडाको भूटनदेवी स्कूलको चौरमा आयोजना गर्न लागिएको खाद्य मेलामा परम्परागत खाद्य वस्तुलाई प्राथमिकता दिइने छ । ‘खाद्य वस्तुको प्रवद्र्धनसंगै परम्परागत खाद्य वस्तुलाई जोगाउनका लागि मेला आयोजना गर्न लागिएको हो’, रिजालले भने, ‘यसबाट हाम्रोखानपानमा केही परिवर्तन आउनुका साथै स्थानीय तहमा प्रचलनमा रहेको खानेकुराको प्रबद्र्धन हुनेछ भन्ने विश्वास लिएका छौं ।’ यस्तै कार्यालयका खाद्य निरीक्षक अनुप हलुवाईले यस मेलाले खाद्य पदार्थको बजारीकरणसंगै कृषक, खाद्य उद्यमी तथा उपभोक्ताको बीचमा व्यवसायिक सम्बन्ध स्थापनाको लागि मद्यत पुग्ने विश्वास व्यक्त गरे । मेलामा निशुल्क प्रवेश तथा स्टल राख्न चाहनेले समेत निशुल्क रुपमा राख्न पाउनेछन् । यस्तै उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था समेत गरिएको जानकारी दिइएको छ । ४ वटा बिधामा विधागत पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमश ः १० हजार, ८ हजार ६ हजार र ४ हजार रुपियाँ पुरस्कारको व्यवस्था गरिएको हलुवाइले जानकारी दिए । करिब ५५ वटा स्टल रहने मेलामा मनोरञ्जनात्मक कार्यक्रम पनि रहनेछ ।
Powered by Blogger.