Header Ads


‘शारदा माविको व्यवस्थापन समिति गैरकानुनी’

हेटौंडा, २४ माघ/मकवानपुरको आमभञ्ज्याङमा रहेको शारदा उच्च माविको व्यवस्थापन समिति गठनको क्रममा नेकपा एमालेले एकलौटी गरेको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका दलले बिरोध गरेका छन् । 
गत शुक्रबार बिद्यालय निरीक्षकको उपस्थिती बिना, स्थानीय अन्य दलका नेताहरुलाई थाहै नदिएर एमालेले बिष्णु दंगाललाई व्यवस्थापन समिति अध्यक्ष बनाएको भन्दै अन्य राजनीतिक दललेबिरोध गरेका हुन् । काँग्रेस, माओवादी र राप्रपाले बिष्णु दंगालको अध्यक्षतामा गठन भएको व्यवस्थापन समिति भंग गरी नयाँ समिति गठन गर्न माग गर्दै जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापालाई ज्ञापनपत्र समेत बुझाएको छ । ‘पटक–पटक सहमति गर्न खोज्दा पनि सहमति हुन सकेन । बिद्यालय निरीक्षक मोति भट्टराईको उपस्थितीमा हामीले छलफल र वार्ता पनि गरेका हौं’, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका काँग्रेस आमभञ्ज्याङ सभापति एटबहादुर बस्नेतले भने, ‘यही अवस्थामा हामी कसैलाई पनि थाहै नदिएर शुक्रबार एमालेका नेताहरु मिलेर गैरकानुनी तवरबाट बिष्णु दंगाललाई अध्यक्ष बनाएछन् । हामीले यसको बिरोध गरेका हौं ।’ उनले स्रोतव्यक्ति जनक पन्तको नेतृत्वमा एकलौटी रुपमा शारदा उच्च माविको नेतृत्व चयन गरेको भन्दै समिति खारेजीको माग गरे । 
३ राजनीतिक दलले शारदा उच्च मावि एमालेको भर्ति केन्द्रको रुपमा विकास हुँदै गएको र पढाईको स्तर समेत खस्किँदै गएको आरोप लगाएका छन् । सबै राजनीतिक दलसंगको सहमति र छलफलबाट नयाँ नेतृत्व टुङ्ग्याउनु आवश्यक रहेको उनीहरुको माग छ ।
Powered by Blogger.