Header Ads


मनहरी महोत्सवमा सुगमले नचाए

हेटौंडा, २४ माघ/आफ्ना चर्चीत गीतहरुका कारण धेरै नेपाली युवाहरुको मन जित्न सफल गायक सुगम पोखरेल सोमबार मनहरी महोत्सवमा झुल्किए । 
उनको प्रस्तुतीमा महोत्सव स्थलमा उपस्थित दर्शकहरु दिनभर नाचे । पोखरेलको हरेक गीतमा संगै गाउँदै र नाच्दै उपस्थित युवाले साथ दिए । उनले हाम्रो स्कूल पाठशाला, ‘यस्तो पाराले चल्दै चल्दैन यहाँ’ ‘लौ झिल्केले झुक्यायो’, लगायत आफुना आधा दर्जन भन्दा बढी गीतहरु गाए । दर्शक दीर्घाबाट ‘वान्स मोर’ भन्दै माग भएपछि उनले आफ्ना बाँकी रहेका ट्रयाकहरुमा समेत गीत गाए । उनको गीतमा अधिकांश दर्शकहरुले स्वर मिलाएर साथ दिएका देखिन्थे । नाच्नेहरुको भीडलाई समेत सुरक्षाकर्मीले थेग्न हम्मे हम्मे परेको थियो । पोखरेलसंगै हेटौंडा घर भएका ह्याण्डसय युवा गायक अन्जन दाहालले ‘नखोज एक मान्छे, जमात छ हेटौँडामा’ बोलका गीत गाएका थिए । त्यसैगरी गायिका मञ्जु गौतमको प्रस्तुतिले पनि उत्तिकै स्याबासी पायो । कार्यक्रममा गायकहरु राजु बिरही, स्थानीय गायक गमबहादुर चेपाङले मौलिक गीतसंगीत प्रस्तुत गरेका थिए भने आरजे क्र्युका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो । 
त्यसैगरी युनिभर्सल लर्निङ एकेडेमी मनहरीले पनि आफ्ना दुईवटा नृत्य प्रस्तुत गरेको थियो भने चितवनका बिशाल चेपाङसहितको टोलीले नृत्य प्रस्तुत गरेको थियो । समग्रमा नवौ दिनको सांगीतिक कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको कलाकार सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक विष्णुराम कालाखेतीले बताए । 
आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार हालसम्म महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार भइसकेको छ । महोत्सवमा अटो, कृषि, बाल उद्यान, तयारी पोशाक, खानेकुरा तथा अन्य दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरुका २ सय वटा स्टल छन् । मङ्गलबार गायक शिव परियार आउने कार्यक्रम छ । उनलाई मध्य नेपालमै चर्चित सरिखेतस्थित भ¥याङकाली पञ्चेबाजा समूहले बाजा बजाएर महोत्सव स्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक कालाखेतीले जानकारी दिए । 
Powered by Blogger.