पदमपोखरी क्याम्पसको अध्यक्षमा रोक्का
हेटौंडा/हेटौंडाको पदमपोखरीमा रहेको पदमपोखरी बहुमुखी क्याम्पसको अध्यक्षमा शङ्करबहादुर रोक्का चयन भएका छन् । यस्तै उपाध्यक्षमा श्यामबहादुर थिङ, सदस्य सचिवमा प्राचार्य अमित लामा तथा सदस्यमा विकास वाइबा, बिष्णुमाया लामा, संगीता वाइबा, भुबन खनाल, पूर्णप्रसाद पुडासैनी, अमृत लुङ्बा, दीपा लामा, राजन मैनालीलगायत रहेका छन् । बसन्तकुमार लामाको अध्यक्षता तथा संयुक्त वडा कार्यालय पदमपोखरी प्रमुख गंगा चौलागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा मनहरी बहुमुखी क्याम्पसका प्रमुख केशव सुबेदी, महेन्द्र उच्च मावि बिद्यालय व्यवस्थापन समितिा अध्यक्ष सोबिन थिङ, क्याम्पसका प्रमुख अमित लामालगायतले मन्तव्य व्यक्त गरेका थिए । क्याम्पस अध्यक्षमा चयन भएका रोक्कालाई क्याम्पसको शैक्षिक एवम् भौतिक सुधारको निम्ति निरन्तर लागिपर्ने बताए ।

