अभ्यास तथा ट्रायलको लागि अञ्जन स्पेनतर्फ
हेटौंडा, २५ पुस/नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्ट अभ्यास तथा ट्रायलको लागि स्पेनतर्फ लागेका छन् ।
उनले स्पेनको मार्बेला युनाइटेड एफसीमा रहेर अभ्यास गर्ने र मिलेसम्म ट्रायल दिने बताएका
छन् । बिष्ट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनका लागि उडेका छन् । अञ्जनलाई उनको परिवार तथा एन्फाका केही प्रतिनिधीले बिदाई गरेका हुन् ।
छन् । बिष्ट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनका लागि उडेका छन् । अञ्जनलाई उनको परिवार तथा एन्फाका केही प्रतिनिधीले बिदाई गरेका हुन् ।
मार्बेला क्लबमा करिब एक बर्षअघि अन्जन र राष्ट्रिय टोलीका डिफेन्स अनन्त तामाङले केही साता अभ्यास गर्नुका साथै केही मैत्रीपूर्ण खेल खेलिसकेका छन् । गत बर्ष फागुनमा उनीहरुले मार्बेला क्लवबाट नेदरल्यान्ड्स पुगेर मैत्रीपूर्ण खेल खेलेका थिए । सोही क्लबमा राष्ट्रिय टोलीका अर्का स्ट्राइकर बिमल पनि जानेछन् । विगतमा जस्तै अहिले पनि लुइस डी ब्रायजले उनीहरुको अभ्यासको व्यवस्था मिलाएका हुन् । स्पेन यात्रालाई लिएर अन्जनले पहिला पनि त्यहाँ गएर अभ्यास गरिसकेको र फेरी मौका मिलेकोमा खुसी लागेको बताए । ‘त्यहाँको वातावरण र अभ्यास हाम्रो भन्दा धेरै स्तरीय छ । यसले मलाई र राष्ट्रिय टोलीलाई फाइदा पुग्ने विश्वास छ’, उनले भने, ‘निकै खुसी लागेको छ । फुटबलको केही नयाँ बिषय सिकेर आउनेछु ।’
नेपालले पछिल्लो डेढ बर्षमा फुटबलमा चारवटा उपाधि जितेको थियो । अन्जन र बिमल दुवैजना नेपालले प्राप्त गरेका सबै सफलता दिलाउने टोलीका सदस्य हुन् । गत भदौमा काठमाडौंमा साफ यु–१९ उपाधि उचालेको नेपालले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जितेको थियो भने यु–२३ टोलीले फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबलमा स्वर्ण पदक जितेको थियो । सबैभन्दा ठूलो सफलताका रुपमा अन्जन र बिमलसहितको टोलीले झन्डै दुई महिनाअघि मलेसियामा सोलिडारिटी कप जितेको थियो । बिष्ट हेटौंडा–१० निवासी हुन् । उनका दाई रञ्जन पनि फुटबलको राष्ट्रिय टोलीमा रहेका छन् ।

