Header Ads


सोलीड्यारिटीले रजत जयन्तीमा बर्षभरी कार्यक्रम गर्ने

हेटौंडा, २० पुस÷हेटौंडामा रहेको सोलीड्यारिटी इङ्लिस सेकेण्डरी स्कूलले रजत बर्ष एक बर्षभरी विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको छ । बुधबार विद्यालयमा नै पत्रकार सम्मेलन गरेर जनवरीदेखि आगामी डिसेम्बरसम्म महिनैपिच्छे विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिइएको हो । सोलिड्यारिटी सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यले ग्रामीण भेगका गरिब एवम् जनजाति समुदाययका बालबालिकालाई स्तरीय शिक्षा दिने उद्देश्यका साथ बि.सं २०४९ पुष २० गतेबाट सञ्चालनमा ल्याइएको विद्यालय लक्ष्य अनुरुप नै सञ्चालन भैरहेको दावी
गरे । 
‘सुरुवातीमा ६० जना बिद्यार्थीबाट सुरु गरेको यस स्कूलमा अहिले साढे १६ सयजना बिद्यार्थी अध्ययनरत रहेका छन्’, आचार्यले भने, ‘२०५९ सालबाट एसएलसी दिन सुरु गरेको यस बिद्यालयले अहिलेसम्म १ हजार २ सय २ जनाले एसएलसी पास गरिसकेका छन् ।’ छात्रबृत्ति कोटामा १ सय १० जनाले अध्ययन गरिरहेको उनले जानकारी दिए । यस्तै बिद्यालयकी प्राचार्य रीना आचार्यले बिद्यार्थीले अंक बढी ल्याउने भन्दा पनि उसको सिकाई कस्तो रह्यो भन्ने बिषयमा आफूहरु केन्द्रित रहेको जानकारी दिइन् । 
‘समयसापेक्ष शिक्षा हाम्रो प्रतिबद्धता हो’, उनले थपिन्, ‘शिक्षकहरुको क्षमता अभिबृद्धिको लागि समेत तालिमलगायत विभिन्न गतिविधीलाई तीव्रता दिइरहेका छौं ।’ विद्यालयमा ‘ह्वाइट बोर्ड’लाई हटाएर ‘इन्ट¥याक्टिभ’ बोर्डको तयारी गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
Powered by Blogger.