Header Ads


माओवादी केन्द्रको डिल्लीपुरमा वडा भेला

हेटौंडा, ११ फागुन/नेकपा माओवादी केन्द्र मकवानपुरको संगठन विस्तार एवम् सुदृढीकरण अभियान अन्तर्गत मनहरी गाउपालिकाको ९ नम्बर वडा डिल्लीपुरमा वडा भेला भएको छ । 
जेष्ठ सदस्य मानबहादुर दर्लामीको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । मोक्तानले माओवादी पार्टी नै जनताको पार्टी भएको बताउँदै आगामी स्थानीय निकायको निर्वाचनमा आम जनताको साथ र सहयोग जरुरी रहेको बताइन् । नेपाली समाज परिवर्तनको कम्यूनिष्ट घटकहरुको एकतासँगै विजयको यात्रा सुरु भएको उनको भनाई थियो । बुधबार भएको भेलाले मीनबहादुर घलानको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मी उप्रेती, सचिवमा दीपेन्द्र अधिकारी, सहसचिवमा कुमार सुवेदी, कोषाध्यक्षमा मनिषा खड्का चयन भएको पार्टी प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । 
कार्यक्रममा मनहरी गाउँपालिका इन्चार्ज रामहरी सुवेदी, केन्द्रीय आयोजक समिति सदस्य रामप्रसाद कालाखेती, हाँडीखोला संयुक्त वडा संयोजक केशव सुवेदी, जिल्ला आयोजक समिति सदस्य सञ्जिव पाठक, गोपाल सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.