Header Ads


राप्रपाको केन्द्रमा मकवानपुरका ३ जना

हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिमा मकवानपुरका ३ जना अटाएका छन् । राप्रपा नेपाल र राप्रपाको एकतापश्चात भएको एकता महाधिवेशनबाट केन्द्रीय अध्यक्ष पदमा कमल थापा विजयी भएका छन् भने अन्य २ जना केन्द्रीय कार्य समितिमा अटाएका छन् । दिपकबहादुर सिंह र राजाराम बर्तौला केन्द्रीय सदस्यमा विजयी भएका हुन् । केन्द्रीय सदस्यका अर्का उम्मेद्वार मधुकर अधिकारी (मधु) भने पराजित भएका छन् । बुधबार बिहान सकिएको मतगणना अनुसार मकवानपुरबाट प्रतिनिधित्व गर्ने दिपकबहादुर सिंहले १ हजार १ सय ८३ र राजाराम बर्तौलाले ९ सय ३९ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् अधिकारीले ४ सय २९ मत प्राप्त गरेका हुन् । 
Powered by Blogger.