Header Ads


रनिङशिल्डको उपाधि महेन्द्र मावि छतिवनलाई

हेटौंडा, १४ फागुन/सातौँ राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उपाधि छतिवनको महेन्द्र माविले जितेको छ ।
भलिवल, एथलेटिक्स र कबड्डीमा प्राप्त मेडलका आधारमा कुल एक सय ७६ अंक ल्याउँदै महेन्द्र माविले यस बर्षको उपाधिमा कब्जा जमाएको हो । यस्तै छतिवनकै भीरकोटमा रहेको जनक मावि १ सय ४५ अंक ल्याउँदै दोश्रो हुँदा गत वर्षको विजेता छतिवनकै हात्तिसुँढेमा रहेको बुद्ध मावि १ सय १ अंकका साथ तेस्रो भएको छ ।
आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजका अनुसार मार्सल आर्टका खेलमा अंक नदिइने भएकाले भलिबल, एथलेटिक्स र कबड्डीका खेल सकिएसंगै रनिङशिल्ड प्रदान गरिएको हो । कबड्डीको छात्रतर्फ हेटौडा १० को ज्ञानदा मावि प्रथम भएको छ भने वालजागृती युवा वर्ष मावि हेटौंडा दोस्रो भएको छ ।
यस्तै महेन्द्र मावि छतिवन र जनक मावि भीरकोट तृतीय भएका छन् ।
यसैगरी कबड्डी छात्रा तर्फ भोजसिद्ध मावि हाँडीखोला प्रथम भएको छ भने महेन्द्र मावि छतिवन द्वितीय र वालजीवन ज्योती मावि हाँडीखोला र सूर्योदय मावि सरिखेत तृतीय भएका छन् । यस्तै छात्र भलिवलमा बज्रवाराही मावि प्रथम, रुपनारायण मावि बुढीचौर द्वितीय र नाट्यश्वर मावि टौखेल तथा जनप्रिय मावि हटिया तृतीय भएको छ । यस्तै छात्रा भलिवलमा हेटौडा ९ को श्रीकृष्ण आदर्श बोर्डिङ मावि प्रथम हुँदा महेन्द्र मावि छतिवन द्वितीय र बुद्ध मावि हात्तिसुँढे तथा बसामाडी नेवारपानीको अरनिको मावि तृतीय भएको छ ।
उत्कृष्ट खेलाडीमा कबड्डी तर्फ ज्ञानदाका सुमन नेपाली र महेन्द्र माविकी सुनिता गोले, एथलेटिक्स तर्फ जनक मावि भीरकोटका सन्तराम माझी र रन्जिता फुायाल तथा भलिवलमा बज्रवाराहीका देवेन्द्र विडारी र कृष्ण आर्दशकी विपीसा श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भए । विजेता खेलाडी तथा विद्यालयहरुलाई नगदसहित शिल्ड र मेडल प्रदान गरिएको छ । प्रथम हुने विद्यालयले नगद १५ हजार सहित रनिङशिल्ड, दोश्रो हुनेले नगद १२ हजार र तेश्रो हुने बिद्यालयले नगद ९ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।
विजयी बिद्यालय तथा बिद्यार्थीलाई सांसद् राजाराम स्याङ्तान, खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना लगायतले पुरस्कार प्रदान गरेका हुन् । मार्सल आर्ट तर्फका खेलहरु यही महिनाभित्र सम्पन्न गरिने जानकारी दिइएको छ ।
Powered by Blogger.