Header Ads


‘जनताको चाहना सम्बोधन हुन सकेन’

हेटौंडा, ७ फागुन / मकवानपुरका सांसद अनन्त पौडेलले प्रजातन्त्र पछि अझैँ पनि जनताको चाहना सम्बोधन हुन नसकेको औल्याएका थिए । 
शनिबार हेटौंडामा प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको ¥याली पछि परिणत भएको कोण सभालाई सम्बोधन गर्दै पौडेलले प्रजातन्त्र पछिको राजनीतिक उपलब्धी अझैँ पनि हासिल हुन नसकेको बताए ।  ‘कुनै पनि देश कति सक्षम छ भन्ने विषय उसको आर्थिक समृद्धिबाट मात्रै थाहा हुन्छ । प्रजातन्त्र पछिको चाहाना पनि यही हो ।’–पौडेलले भनेँ । 
सबै प्रकारको राजनीतिक उपलब्धी हासिल भइसकेको तर्क गर्दै उहा“ले अब नेतृत्व चुक्न नहुने बताए । कार्यक्रममा बोल्दै मध्यमाञ्चल क्षेत्रीय प्रशासक शम्भू कोइरालाले प्रजातन्त्रको उपलब्धी आर्थिक समृद्धि मार्फत झल्किनु पर्ने बताउ“दै राजनीतिक स्थायीत्व आवश्यक रहेको तर्क प्रस्तुत गरेका थिए  । 
क्रान्ति पछिको व्यवस्थापनमा चुस्तता नआएको भन्दै उनले राजनीतिक कौशलता नहु“दा आर्थिक परिवर्तन आउन नसकेको आलोचना भइरहेको बताए । त्यसैगरी समितिले आज आइतबार विहान हेटौंडा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिने छ ।

प्रजातन्त्र दिवसमा काँग्रेसको विविध कार्यक्रम

हेटौंडा, ७ फागुन/एकसय चार वर्ष लामो जहाँनियाँ राणा शासनको अन्त्य भई प्रजातान्त्रिक व्यवस्था सुरु भएको फागुन ७ गते सम्झनामा ६७ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाली काँग्रेस मकवानपुरले ३५ गाविस, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाको प्रत्येक वडामा वार्षिक भेला कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर १ को ९ वटा गाविस र हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडामा पार्टीको वार्षिक भेला तथा अन्तरक्रिया कार्यक्रम गरिएको क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर २ मा रहेका १४ गाविस र थाहा नगरका १५ वडामा काँग्रेसको बार्षिक भेला गरी प्रजातन्त्र दिवस मनाइएको क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति यतिराज सापकोटाले जानकारी दिए  । काँग्रेसको क्षेत्र नम्बर ३ अन्र्तगत हेटौंडा उपमहानगरपालिकाका २२ वटा वडामा विविध कार्यक्रम गरी काँग्रेसको भेला तथा प्रजातन्त्र दिवस मनाइएको ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईले जानकारी दिएभने क्षेत्र नम्बर ४ अन्र्तगतका १२ वटा गाविसमा पनि काँग्रेसको वार्षिक भेला सम्पन्न गरिएको क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोक मुक्तानले जानकारी दिए । 
प्रत्येक गाविस तथा नगरका वडामा जिल्लाबाट खटाइएका प्रतिनिधी तथा पार्टी जिल्ला पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Powered by Blogger.