Header Ads


‘ग्रामिण क्षेत्रसम्म संचारक्षेत्रले पहुँच बढाउनुपर्ने’

हेटौंडा, ७ फागुन/संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म आफ्नो पहुँच बढाउनु पर्ने शनिबार हेटौंडामा आयोजित कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् । 
रेडियो थाहासंचारको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित ‘पत्रकारितामा विगत, वर्तमान र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले विषयवस्तुका लागि संचारक्षेत्रले ग्रामिण क्षेत्रसम्म पहुँच राख्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै थाहासंचार अनलाइनका प्रधान सम्पादक एवम् अग्रज पत्रकार तिर्थ कोइरालाले अहिलेको अवस्थामा संचार क्षेत्रले राजनीतिक भन्दा आर्थिक मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले आर्थिक क्षेत्रका समस्या र समाधानको पाटोलाई संचारक्षेत्रले समेट्नुपर्नेमा उनको जोड थियो । 
राजनीतिक भाषणभन्दा राजनीतिमा रहेका विकृतिको उजागर गर्दै सुधारका लागि कलम चलाउन उनको सुझाव थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य प्रताप विष्टले संचारमाध्यमको समाचार पक्ष बलियो भए स्थानीय सवाललाई बढि उजागर गर्न सक्ने बताउँदै पछि पारिएकाहरूको समाचारलाई प्राथमिकता दिनुपर्ने बताए । संचारकर्मी आर्थिक रूपमा बलियो भए उसले निर्धक्क संचारकर्ममा लाग्न सक्नेतर्फ संचारगृहले ध्यान दिनुपर्ने बताए । 
महासंघका उपाध्यक्ष गिरिजा अधिकारीले पछिल्लो समय संचारमाध्यममा शहर केन्द्रित समाचारले स्थान बढी र ग्रामीण भेगका समाचार ओझेलमा परेकाले यसतर्फ सचेत हुनु जरूरी रहेको बताए । कार्यक्रम रेडियोका प्रवन्ध निर्देशक अरूणराज सुमार्गीले संचारक्षेत्र र संचारकर्मी बलियो बनाउन आÇनो तर्फबाट सहयोग गरिरहेको बताए । कार्यक्रममा रेडियो कार्यवाहक स्टेसन म्यानेजर दर्शन क्षेत्री, कार्यक्रम संयोजक गोकुल अधिकारीले बोलेका थिए ।
Powered by Blogger.