Header Ads


हेटौंडा सिमेण्टद्वारा अन्तरक्रिया

हेटौंडा, ७ फागुन/हेटौंडा सिमेण्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपानेले शनिबार पनि सिमेण्ट लोड हुने व्यवस्था गर्न आफ्नो तर्फबाट सकारात्मक पहल हुने बताएका छन् । सिमेण्ट उद्योगले डिलर र ट्रान्सपोटबीच गरेको अन्तरकृया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा डिलर र ट्रान्सपोटका प्रतिनिधीले शनिबार सिमेण्ट लोड नहुने अवस्था रहेको बताएपछि अध्यक्ष न्यौपानेले यस बिषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । यस्तै डिलर र ट्रान्सपोटका प्रतिनिधीले नियमित रुपमा एउटै गतिमा सिमेण्ट उत्पादन हुनुपर्ने, उद्योगमा सिमेण्ट लिन गाडी गएपश्चात सिमेण्ट नपाएर त्यत्तिकै फिर्ता हुने अवस्थाको अन्त्य हुनुपर्ने, गुणस्तरमा सम्झौता गर्न नहुनेलगायतका माग गरेका थिए । 
सिमेण्टको गुणस्तरीयता, उत्पादनको अवस्था र उपभोक्ताको धारणा बुझनका लागि आयोजना गरिएको अन्तरक्रियामा अध्यक्ष न्यौपानेले सुझाव र सल्लाह अनुसार आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
Powered by Blogger.