प्रजातन्त्र दिवसमा दुईजना सम्मान
हेटौंडा, ७ फागुन/नेपाली काँग्रेस हेटौंडा– ६ नम्वर वडा समितिले प्रजातन्त्र दिवस एवम् वडा भेलामा दुईजनालाई सम्मान गरेको छ ।
कार्यक्रममा काँग्रेसका जेष्ठ सदस्य ९२ वर्षका टिकादत्त पौडेल र ६ नम्बर वडाका निवर्तमान सभापति गोपाल दुलाललाई पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । वडा सभापति रामहरि तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, जिल्ला प्रतिनिधी उत्सव इटेनी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, गोपाल दुलाल, होमनाथ गौतम, शिक्षक संघका अर्जुन चौलागाई, महिला संघकी लक्ष्मी श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस ६ नम्वर वडा सचिव कुमार तिमल्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

