श्रेष्ठद्वय प्याब्सनको केन्द्रमा विजयी
हेटौंडा, ११ फागुन/निजी विद्यालयहरुको छाता संगठन प्याब्सनको १३ औं महाधिवेशनमा मकवानपुरबाट उम्मेद्वारी दिएका आशिष श्रेष्ठ र ग्रेष श्रेष्ठ दुवै जना विजयी भएका छन् ।
सोमबार र मंगलबार काठमाडौंमा भएको महाधिवेशनबाट आशिषले उपाध्यक्ष पदमा ८ सय ७७ मत ल्याएर विजयी भएका हुन् भने महिला सदस्य पदमा उम्मेद्वारी दिएकी ग्रेष सर्वसम्मत चयन भएकी हुन् । प्याब्सनको १३ औं महाधिवेशनमा अध्यक्षका लागि बिजय सम्बाहम्फे विजयी भएका
छन् । उनका प्रतिद्वन्द्वी टकाराम पुरी रहेका थिए । ६७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ८ जना भूगोल र एक महिलासहित ९ जना उपाध्यक्ष रहेका छन् । यसैगरी एक महासचिव र एक उपमहासचिव निर्वाचित भएका छन् ।
त्यस्तै एक महिला र ३ जना खुलासहित ४ सचिव तथा दुईजना सहकोषाध्यक्ष कार्यसमितिमा रहनेछन् । अन्य सदस्यहरु रहनेछन् ।