Header Ads


स्वर्ण जयन्ती सत्संगको तयारी अन्तिममा

हेटौंडा, ११ फागुन/नेपाल मानव धर्म सेवा समितिको ५० औं वर्ष प्रवेशको अवसरमा यही फागुन १३ र १४ गते हुन लागेको स्वर्ण जयन्ती सत्संग समारोहको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । 
आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दैै तयारी करिब सकिएको जानकारी दिएको हो । नेपाल, भारत र भुटानका गरी करिब ५० हजार भक्तजनहरुको उपस्थिति रहने उक्त कार्यक्रममा १ करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रचारप्रसार संयोजक नविन कोईरालाले जानकारी दिए । मानव धर्म सेवा समितिका प्रणेता श्री सत्पालजी महाराजको उपस्थितिमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमलाई सभ्य एवम् भव्य रुपले सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरुको निर्माण गरिएको समारोह समितिका सहसंयोजक एवम् महासचिव धर्मराज बरालले बताए । ३ सय जना सन्तमहात्मा र धक्तजनहरुको आवास व्यवस्थापनको लागि भुटनदेवी मन्दिर, गोरक्षेश्वर मन्दिर, ज्ञानदा माविमा आवासको व्यवस्था मिलाइएको उनले बताए । 
५० हजार भक्तजनहरुको व्यवस्थापनका लागि २ हजार ५ सय स्वयम्सेवक परिचालन गरिने छ । २ दिन सम्म चल्ने कार्यक्रममा भजनकिर्तन, बालवालिकाको सांस्कृतिक कार्यक्रम र सन्त महात्माद्वारा आध्यात्मिक प्रवचन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
Powered by Blogger.