आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
हेटौंडा, ११ फागुन/राष्ट्रपति रनिङ शिल्ड बृहत् खेलकुद प्रतियोगिता–२०७३ आज बिहीबारबाट हेटौंडामा सुरु हुँदैछ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–४ लोकतान्त्रिक मैदान हुप्रचौरमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र प्रतियोगितामा सहभागी हुने खेलाडीहरु आउने क्रम सुरु भैसकेको बताएको हो । आयोजक खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिलनाका अनुसार एथ्लेटिक्स, भलिबल र कबड्डी खेलमा प्रतिस्पर्धा गर्नका लागि जिल्लामा रहेका चारवटा निर्वाचन क्षेत्रबाट खेलाडी छनौट भइसकेका छन् । समितिले सितोरियो कराँते, तेक्वान्दो र उसु खेलबाहेक सबै स्पर्धामा सहभागी हुने खेलाडीहरु निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गराएर छनौट गरेको थियो । प्रतियोगितामा एथ्लेटिक्सतर्फ २६, भलिबल २, कबड्डी २, उसुमा ३, करातेमा ४ र तेक्वान्दोमा ३ गरी कुल ४१ स्वर्णको लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजयी हुने खेलाडीले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने मध्यमाञ्चलस्तरीय क्षेत्रीय छनौटमा सहभागी हुने मौका समेत प्राप्त गर्ने आयोजक समिति प्रमुख राजन दाहाल ‘खुशराज’ले बताए । दाहालका अनुसार अंकको आधारमा प्रथम हुने विद्यालयले १५ हजार रुपियाँ नगद र रनिङ शिल्ड प्राप्त गर्नेछन् । दोस्रो हुने विद्यालयले नगद १२ हजार रुपियाँ र तेस्रो हुने विद्यालयले नगद ९ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । अघिल्लो संस्करणमा उपाधीमा ह्याट्रिक गर्दै छतिवनको बुद्ध उमाविले रनिङ शिल्ड पचाएको थियो । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ ।