दुईबस्तिको साधारण सभा सम्पन्न
हेटौंडा, ७ फागुन/हेटौंडा–११ डाङडु·ेमा रहेको दुईबस्ति पिउने पानी व्यवस्थापन समितिको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शमशेरबहादुर बानियाँ, पूर्व अध्यक्ष होमबहादुर बानियाँ, निर्वतमान अध्यक्ष ठाकुरप्रसाद पौडेललाई प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
त्यसैगरी संस्थाप्रति सहयोग पु¥याउनुहुने प्रकाशचन्द्र पाण्डे, शालिकराम पुडासैनि, रोशन बानियाँ, नरहरी थापा, अर्जुनशर्मा कडेल, रामशेश्वर राना, लक्ष्मीराज बानियाँलाई पनि सम्मान गरेको थियो। सत्र वर्षसम्म संस्थामा कार्यरत कर्मचारी तिर्थबहादुर आलेलाई नगद २० हजार रुपैयाँ सहित दोसल्ला ओडाएर बिदाइ गरिएको थियो भने खानेपानी आयोजनाको लागि जग्गा प्रदान गरेको बोजबहादुर पण्डितलाई पनि सम्मान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए।
कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति रामेश्वर राना, आनन्द भैरव निमाविका प्राचार्य कृष्णप्रसाद खनाल, आनन्द भैरव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पुडासैनी, शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र पाण्डे, संस्थापक अध्यक्ष शमशेरबहादुर बानियाँ, पूर्व अध्यक्ष होमबहादुर बानियाँ, निवर्तमान अध्यक्ष ठाकुरप्रसाद पौडेल, डाङडुङे टोल विकास संस्थाका अध्यक्ष बासुदेव पौडेल, बागेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शर्मिला श्रेष्ठ, जिम्बा डाँडा खानेपानी समितिका अध्यक्ष जुना दहाल, भैरवकुञ्ज टोल विकास संस्था अध्यक्ष रोशन बानियाँ, डुम्सी डाडा टोल विकास समितिका अध्यक्ष नरहरी थापालगायतको आतिथ्यता रहेको थियो ।

