भीमफेदी गाउँपालिकाको १ र २ वडा सम्मेलन
हेटौंडा, ७ फागुन/नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका अन्तर्गत वडा नम्वर १ र २ को वडा भेला शनिबार सम्पन्न भएको छ ।
शनिबार भएको भेलाले वडा नम्वर १ मा रामेश्वर थि·को अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा साइलीमाया तितुङ, सचिवमा कमानसिं थिङ, सहसचिवमा बाबुकाजी थिङ, कोषाध्यक्षमा ज्ञानु लामा चयन भएका छन्। त्यसैगरी शनिबार भएको वडा नम्वर २ मा धावा थोकरको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा उसा थापा, सचिव सूर्य घलान, सहसचिव रामकृष्ण राना, कोषाध्यक्ष सरस्वती प्रजा चयन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए । पार्टी पोलिट्व्यूरो सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पुलामीले माओवादी बाँच्नको लागि मात्र राजनीतिक अभियानमा लागेको होइन सभ्य मानव इतिहास रचनको लागि रहेको बताए । जिल्ला आयोजक समिति सदस्य भिम थोकरको अध्यक्षतामा भएको भेलामा भीमफेदी गाउँपालिका इन्चार्ज प्रमिला पुलामी लामा, केन्द्रीय आयोजक समिति सदस्य अप्सरा लोप्चन, इन्द्रबहादुर स्याङतान, पार्टी केन्द्रीय सल्लाहकार पेमा लामा, जिल्ला आयोजक समिति सदस्य दीपव वाइवा, भीमसेन सिन्जाली, प्रितिलाल तितुङलगायतको आतिथ्यता रहेको थियो ।

