मैत्रीपूर्ण हक्की प्रतियोगिता
हेटौंडा, ७ फागुन/६७ औँ प्रजातन्त्र दिवसको अवसरमा मकवानपुर जिल्ला हक्की संघले मैत्रीपूर्ण हक्की प्रतियोगिता आयोजना गरेको थियो ।
शनिबार मकवानपुर र पर्साबीच महिला र पुरुष खेलाडीहरुवीच प्रतियोगिता भएको थियो । जसमा पुरुषतर्फ पर्सा हक्की संघले मकवानपुरलाई ३–१ गोलअन्तरले हराउदैँ विजयी भएको छ भने महिलातर्फको खेलमा मकवानपुरले ३–० गोलअन्तरले पर्सालाई पराजीत गरेको छ ।
हक्की संघ मकवानपुर अध्यक्ष प्रताप सिं क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष हरिवोल महत, हक्की संघ केन्द्रीय सदस्य मनोज शर्मालगायतकाको आतिथ्यता रहेको थियो ।

