Header Ads


फरार ओली पक्राउ

हेटौंडा, २७ माघ/जिल्ला अदालत मकवानपुरको फैसला पश्चात फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।
गत २०६४ पुष १ गतेको फैसलाले काठ ओसारपसार मुद्दामा ६ महिना कैदको फैसला तोकेपश्चात फरार रहेको साविकको चुरियामाई–५ (हाल हेटौंडा–१६) बस्ने रामप्रसाद ओलीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी पशुपतिनगरको संयुक्त टोलीले बिहीबार हेटौंडा–१६ बाट पक्राउ गरेको हो । ओलीलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले सजाय भुक्तानको लागि भीमफेदी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले ुप्रहरी मेरो साथीु कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरीचौकी बसपार्कको आयोजनामा हेटौंडा–१० स्थित तुलसीमेहर मेमोरियल उच्च माध्यामिक विद्यालयमा कार्यक्रम भएको हो । कार्यक्रममा लागूऔषध, साइबर क्राईम, घरेलुहिंसा तथा  नागरिक र प्रहरीबीचको सम्बन्धको बिषयमा जानकारी गराइएको थियो । 
Powered by Blogger.