Header Ads


एसियन कपको प्रशिक्षणमा मकवानपुरका ५ खेलाडी

हेटौंडा, २७ माघ/एसियन कप २०१९ को छनोट खेलका लागि प्रशिक्षणमा बोलाइएको ३६ जना खेलाडीमा मकवानपुरका ५ जना पर्न सफल भएका छन् । 
एसियन कपको लागि नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले बिहीबार पहिलो चरणमा ३६ खेलाडीलाई प्रशिक्षणमा बोलाएका मध्ये मकवानपुरका ५ जना परेका हुन् । रञ्जन बिष्ट, अञ्जन बिष्ट, एलन न्यौपाने, सुनिल बल र बिमल पाण्डेलाई प्रशिक्षणमा बोलाइएको हो । 
फिलिपिन्सविरुद्ध हुने एएफसी एसियन कप २०१९ को छनोट खेलका लागि एएफसी सोलिडारिटी कप विजेता टोलीमा रहेको २३ संगै अन्य १३ खेलाडीलाई छनोटमा बोलाइएको छ । रञ्जन र अञ्जन सोलिडारिटी कप जित्दाको सदस्य हुन् भने एलन र सुनिल साग र साफ च्याम्पियनसीपका सदस्य हुन् । बिमल पाण्डे पहिलो पटक छनौटमा समावेश भएका हुन् । हेटौंडाको हटिया घर भएका उनी नेपाल आर्मी क्लवमा आबद्ध भएर फुटबल खेलिरहेका छन् । 
उनीहरुसंगै अनिल गुरुङ, विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाललाई प्रशिक्षणको लागि छनौट गरिएको छ । 
यस्तै रोहित चन्द, कर्ण लिम्बु, युवराज खड्का, रवि पासवान, विश्व अधिकारी, जीतेन्द्र कार्की, मानबहादुर तामाङ, दीनेश राजवंशी, हेमन्त थापामगर र विमल बस्नेतलाई प्रशिक्षणमा बोलाइएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । आइतबारबाट प्रशिक्षण सुरु हुने बताइएको छ । 
Powered by Blogger.