Header Ads


ब्रह्मदिक एकेडेमीको भेला

हेटौंडा, ७ फागुन/हेटौंडा– ४ मा रहेको ब्रह्मदिक एकेडेमिको अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
विद्यालयका प्रवन्धक एवम् सञ्चालक रामबावु सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विरेन्द्र जंग थापाको प्रमुख आतिथ्यता रहेको थियो । भेलाको अवसर पारेर गत वर्षको एसएलसी परिक्षामा उत्कृष्ठ अंक हासिल गर्न सफल १४ जना विद्यार्थीहरुलाई मायाको चिनो, २०७२ सालको वार्षिक परिक्षामा प्रथम, दोश्रो र तेश्रो भएका विद्यार्थीहरुलाई पुरस्कार  प्रदान गरिएको थियो । त्यसैगरि कार्यक्रममा उत्कृष्ठ अध्यापन गराउने शिक्षक सर्मिला श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो भने
नीरा गुरागाँईलाई उत्कृष्ठ अभिभावक सम्मान गरिएको विद्यालयका सहायक प्रिन्सिपल ईश्वर अगस्तीले जानकारी दिए  ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुकर सिं थापा, प्यावसन मकवानपुरका अध्यक्ष मदनकुमार दहाल, सेमिनरी एकेडेमी काउन्सिल बोर्डिङका प्रिन्सिपल शोभा थापा, समाजसेवी बद्रीप्रसाद न्यौपाने, प्रदिप कोईराला लगायतकाको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.