सिद्धार्थको ३७ औँ अभिभावक भेला
हेटौंडा, ७ फागुन/ सिद्धार्थ शिशु सदन बोडि·को ३७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।
अभिभावक भेलाको अवसरमा गत वर्षको एस.एल.सी परिक्षामा उत्कृष्ट अंक ल्याउने ४३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक टेकनाथ भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी विरेन्द्र ज· थापाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि कार्यक्रममा उत्कृष्ट अध्यापन गराउने शिक्षक केशव तिमल्सिना, भीम सापकोटा, सीता लामिछाने तथा उत्कृष्ट कर्मचारीमा टेकबहादुर बुढाथोकीलाई सम्मान गरेको थियो । कार्यक्रममा संस्थागत विद्यालय संघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, विद्यालय संचालक समितिका अध्यक्ष नवराज अर्याल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र सुबेदी, विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष दिपेन्द्रचन्द ठकुरी, प्याब्सन प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष केशबलाल श्रेष्ठ, प्याब्सन मकवानपुरका अध्यक्ष मदनकुमार दहाल, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।