Header Ads


अटोमेकानिक्सको साधारण सभा तथा पिकनिक

हेटौंडा, ७ फागुन/मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरि· एशोसिएसनको १२ औँ साधारण सभा तथा पिकनिक कार्यक्रम शनिबार हेटौँडामा भएको
छ । 
कार्यक्रम मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कट्टवालको प्रमुख आतिथ्य तथा एशोसिएसनका जिल्ला अध्यक्ष अशोक जोशीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरि· एशोसिएसनका महासचिव शम्भु नकर्मीले प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष रामहरी बञ्जाराले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, कोषाध्यक्ष प्रमोदसिँह रानाभाट, नेपाल अटो मेकानिक व्यवसायी महासंघ मकवानपुरका आनन्दराम पौडेल, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरि· एशोसिएसनका संस्थापक अध्यक्ष डम्बरसिँह रानाभाट, सल्लाहकार हरिबहादुर महत, आर्ट अफ लिभि·का भवेश खनाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा अटो मोबाईल एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सागर सापकोटा, मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरि· एशोसिएसनका सल्लाहकार गणेशबहादुर बिक लगाएतको आतिथ्य 
रहेको थियो । 
स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै मकवानपुर अटोमेकानिक्स एण्ड ईन्जिनियरि· एशोसिएसनका कार्यालय व्यबस्थापक भिमबहादुर महर्जनले एक सय २० सदस्य  रहेको जानकारी दिए । एशोसिएसन मकवानपुरमा २०५२ मा स्थापना भएको हो ।
Powered by Blogger.