Header Ads


हटियामा निशुल्क स्वास्थ्य शिविर हुने

हेटौंडा, ४ फागुन/यही ७ गते शनिबार हेटौंडा–२२ हटियामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । 
लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने क्लवको योजना अन्तर्गत यसबर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागेको जानकारी दिइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा हटियास्थित लक्ष्मी निमाविको प्राङ्गणमा स्वास्थ्य शिविर गर्न लागेको आयोजक लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथका अध्यक्ष राजेश भेटवालले जानकारी दिए । 
‘गत बर्ष हामीले बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको प्राङ्गणमा बृहत स्वास्थ्य शिविर गरेका थियौं’, क्लव अध्यक्ष भेटवालले भने, ‘यस बर्ष मकवानपुरको पूर्वी क्षेत्रलाई मध्यनजर गर्दै हटियामा शिविर गर्न लागेका हौं ।’ शिविरमा हाडजोर्नी, नशा तथा बाथरोग, जनरल फिजिसियन, स्त्री तथा प्रजनन् रोग, बालरोग, सर्जरी एवम् छाला सम्बन्धी रोगका बिरामीले सेवा लिन सक्ने स्वास्थ्य शिविर कार्यक्रम संयोजक राजकुमार बास्तोलाले जानकारी दिए । 
स्वास्थ्य शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिनका लागि आयोजकले सबैलाई अनुरोध गरेको छ ।
Powered by Blogger.