Header Ads


माओवादी केन्द्रको संगठन सुदृढीकरण अभियान तीव्र

हेटौंडा, १८ फागुन/नेकपा माओवादी केन्द्र मकवानपुरको संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत भीमफेदी गाउँपालिकाको वडा नम्बर–७ कोगटेमा वडा भेला भएको छ । 
भेलाले बासु चुनीको अध्यक्ष रहने गरी २१ सदस्यीय कमिटी चयन गरेको छ । उपाध्यक्षमा हरिबहादुर राना, सचिव झलक घलान, सहसचिव कृष्ण घलान, कोषाध्यक्ष अनिता ठाडामगर चयन भएको छन् । माओवादी मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिंह पाख्रिन ‘पृथक’का अनुसार केन्द्रीय आयोजक समिति सदस्य ललित घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा भीमफेदी गाउँपालिका इन्चार्ज प्रमिला पुलामी लामा, अवसरा लोप्चनलगायतको आतिथ्यता रहेको थियो । त्यसैगरी वाइसिएल नेपाल को ७ नम्वर वडा कमिटीमा प्रिसजंग घलान चयन भएका छन् । बुधबार भएको भेलामा घलानको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन भएको हो । यस्तै माओवादीको बाग्मती गाउँपालिका–१ माझगाउँमा वडा भेला भएको छ । केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य सर्केश घलानको प्रमुख आतिथ्यतामा भएको भेलाले डोरबहादुर थापा अध्यक्ष रहने गरी २१ सदस्य कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा श्यामकृष्ण राई, सचिवमा ज्ञानबहादुर राई, सहसचिव हरिप्रसाद राई, कोषाध्यक्षमा बुद्धिमाया राई चयन भएका छन् । यस्तै गढी गाउँपालिका वडा नम्वर ४ मा रामशरण दाहालको अध्यक्षतामा २१ सदस्यीय कमिटी विस्तार गरेको छ । 
कमिटीको उपाध्यक्षमा अमर रुम्बा, सचिव हेमबहादुर योञ्जन, सहसचिवमा दिपेश थिङ, कोषाध्यक्षमा विमल न्यौपाने चयन भएका छन् । त्यसैगरी जोगेन्द्र राईको अध्यक्षतामा ११ सदस्यीय वाइसिएल वडा कमिटी गठन भएको छ भने ज्योति राई अध्यक्ष रहने गरी ११ सदस्यीय अखिल नेपाल क्रान्तिकारी महिला संगठन गठन गरिएको प्रचार विभाग प्रमुख पृथकले जानकारी दिए । 
Powered by Blogger.