दुग्ध सहकारीकर्मी पुन : दाहाल
हेटौंडा/दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको अध्यक्षमा पुन ः कुमारमणी दाहाल चयन भएका छन् ।
संस्थाको वनभोज तथा दोस्रो निर्वाचन कार्यक्रमबाट दाहालको नेतृत्वमा ९ सदस्यीय कमिटी चयन गरेको हो । उपाध्यक्षमा विदुर हुमागाई, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा नवराज गौतम तथा सदस्यहरुमा बलराम घिमिरे, झलक शर्मा पुडासैनी, अर्जुनप्रसाद तिमल्सिना, ईश्वर बस्नेत, मन्जिरा ढकाल रहेका छन् । त्यसैगरी लेखा समिति संयोजकमा देवराज अधिकारी तथा सदस्यमा सिताराम तिमल्सिना र भेषनाथ दुलाल चयन भएका छन् । दुग्ध सहकारीकर्मी संस्थाका अध्यक्ष कुमारमणी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला सहकारी संघ मकवानपुरका व्यवस्थापक बद्री भण्डारी, चेतनशील दुग्ध उत्पादक सहकारी संस्थाका कृष्णप्रसाद घिमिरे, आकाशगंगा कम्पनी
गुजरात प्रोपाइटर सचिन शाहलगायतको आतिथ्यता रहेको थियो ।

