‘केही दिनमै नया“ सहकारी ऐन आउँदै’
हेटौंडा, ११ चैत/केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीलाई व्यवस्थित गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालयले केही दिनमा नै नयाँ ऐन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी र शिक्षा ऐनको संशोधित विधेयकमा सांसदहरूले आफू अनकूल बनाउँदै सोही अनुसारको व्याख्या गरिरहेकोले सहकारी विधेयकमा पनि सांसदहरूको ठूलो समूह चलखेल गर्न लागिपरेको देवकोटाले आरोप समेत लगाए । शुक्रबार डिभिजन सहकारी कार्यालय मकवानपुरले आयोजना गरेको सहकारीकर्मी र सरोकारवाला निकायबीचको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी रहेका देवकोटाले सहकारी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक क्याबिनेटबाट पास भएको जानकारी दिए ।
‘कुनै विधेयकमाथि परेको सबैभन्दा धेरै संशोधन सम्भवतः यही हो,’ देवकोटाले भने–‘विधेयकमाथि परेका सुझावमा छलफल गरी आवश्यक संशोधन गर्न भरतमोहन अधिकारीको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन भएको छ । केही दिनमा नै नयाँ सहकारी ऐन आउने निश्चित छ ।’ संस्थाको कार्यक्षेत्र, कारोबार र प्रकृतिका आधारमा सम्बन्धित गाउँपालिका, नगरपालिका, दुई वा दुईभन्दा बढी गाउँपालिका, नगरपालिका, एक जिल्ला, बहुजिल्ला, एक प्रदेश, बहुप्रदेश वा राष्ट्रियस्तरको हुन सक्ने व्यवस्था रहेको देवकोटाले जानकारी दिए । अब एक गाविस र नगरको एक वडामा एकै प्रकृतिका एक वटा मात्र सहकारी हुने व्यवस्था ऐनमा उल्लेख हुने भन्दै उनले डिभिजन सहकारी कार्यालयले सञ्चालन गर्ने तालिम पुरानै ढाँचाको हुने गरेको आरोप लगाए । सहकारी प्रवद्र्धन र प्रशोधनतिर लाग्नुपर्ने उनको सुझाव थियो । त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्सालले सहकारी ऐन ल्याउन मन्त्रालय हेरफेदल भएकोले मन्त्री तयार भएपनि मन्त्रालय अझै तयार भैनसकेको बताए । सहकारी ऐनमा लबि· धेरै भएकोले सहकारी ऐन शिक्षा ऐन आएजस्तो हुने भएकोले अबको सहकारी ऐनमा राज्य पुनर्संरचना अनुसार हुनुपर्ने धारणा राखे । डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलले यस आर्थिक वर्षमा ६ वटा कृषि सहकारी संस्था थप भएर प्रारम्भिक संस्था ५ सय ६४ वटा पुगेको जानकारी दिए । हरेक संस्थाले साधारणसभाका दिन एकजना सञ्चालक समिति मनोनित गर्नुपर्ने, सहकारीमा कार्यरत कर्मचारीलाई कमिशन अनुसार नराखी तलब दिनुपर्नेलगायतका विषय सहकारी विभागबाट निर्देशन प्राप्त भएको उनले जानकारी दिए । कार्यक्रममा सहकारीकर्मी बीरेन्द्र ढुंगानाले सहकारी बैंकमा तरलता उत्पन्न भएको औल्याएका थिए । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता थियो ।
विविध कार्यक्रम गरी सहकारी दिवस मनाइने
हेटौंडा÷यही चैत २० गते पर्ने ६० औं राष्ट्रिय सहकारी दिवस मकवानपुरमा विविध कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
यसका लागि जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका संचालक वद्री लम्सालको संयोजकत्वमा राष्ट्रिय सहकारी दिवस जिल्ला मूल समारोह समिति गठन भएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मूल नाराका साथ मनाइने सहकारी दिवसको समितिमा डिभिजन सहकारी कार्याल, जिल्ला स्थित विषयगत संघका पदाधिकारी, सहकारी संघ, सम्वन्धित विषयगत कार्यालयहरु, विभिन्न गैससहरु रहने गरी मूल समारोह समिति गठन गरिएको छ । दिवसका दिन वृहत ¥याली सहित हेटौंडा नगर परिक्रमा गरी पल्पसला हलमा प्रवचन कार्यक्रम गर्ने निर्णय भएको मूल समारोह समिति अध्यक्ष लम्सालले जानकारी दिए ।

