Header Ads


स्थानीय चुनाव केन्द्रीत अभियानमा माओवादी केन्द्र

हेटौंडा, १० चैत/नेकपा माओवादी केन्द्र मकवानपुरले स्थानीय तहको निर्वाचन केन्द्रीत अभियानलाई जारी राखेको छ । 
यसै अन्तर्गत बागमति गाउँपालिका वडा नम्वर ८ साततले समीचोकमा बिहीबार वडा भेला भएको छ । पार्टी जिल्ला आयोजक समिति सदस्य लालसिं स्याङ्तानको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्ब्यूरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले पूर्णबहादुर थिङको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ । 
माओवादीको वडा उपाध्यक्षमा सफल स्याङ्तान, सचिव चक्रबहादुर पाख्रिन, सहसचिव उत्तम तिमल्सिना र कोषाध्यक्षमा सञ्चमाया घलान रहेको पार्टी मकवानपुर प्रचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथकले जानकारी दिए । कार्यक्रममा बागमति गाउँपालिका इन्चार्ज सर्केस घलान, केन्द्रीय आयोजक समिति सदस्य जयबहादुर वाइवा, अरुण बल, ज्ञानसागर लामा, जनक पहरी, सुनिता खड्का, जिल्ला आयोजक समिति सदस्य केशव तिमल्सिना, टेकबहादुर डिमडुङ, ध्रुव थापालगायतको आतिथ्यता रहेको थियो । यस्तै पार्टीको बकैया गाउँपालिका–५ राजदमारमा वडा सम्मेलन सम्पन्न भएको छ । जेष्ठ सदस्य लालध्वज भ्लोनको अध्यक्षतामा भएको भेलामा पार्टी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा प्रधानमन्त्री कार्यालयका स्वकीय उपसचिव भीम पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले राजकुमार थिङ अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा मानकुमारी विक, सचिव लक्ष्मी गोले थिङ, सहसचिवमा प्रेमराज खड्का, कोषाध्यक्षमा मीरा गोले चयन भएका छन् । त्यसैगरी भेलाले बिन्दा रखाल अध्यक्ष रहने गरी २७ सदस्यीय क्रान्तिकारी महिला संगठन र विशाल कठायत संयोजकत्व रहनेगरी २७ सदस्यीय वाईसीएल वडा कमिटी गठन गरेको छ । राप्रपा नेपालका क्षेत्रीय सदस्य सुरेश जिम्बा, तरुण दल क्षेत्रीय सदस्य अरुण माझी, एमाले युवा संघ क्षेत्रीय सदस्य विशाल गोलेलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कार्यक्रममा बकैया गाउँपालिका इन्चार्ज लक्ष्मी पाख्रीन, केन्द्रीय आयोजक समिति सदस्य जीवन गोले, कृपा माझी, जिल्ला आयोजक समिति सदस्य भक्तबहादुर खत्री, ७ नम्वर वडा कमिटी अध्यक्ष भोजराज लामिछाने लगायतकाको आतिथ्यता थियो ।
Powered by Blogger.