Header Ads


स्थानीय तहको लागि तीव्र गतिमा लाग्दै काँग्रेस

हेटौंडा, १० चैत/हेटौंडाको नयाँ संरचना अनुरुप नेपाली काँग्रेस हेटौंडा उपमहानगरको संगठन निर्माण गर्ने अभियान अन्तर्गत बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा अन्तरक्रिया गरेको छ ।
काँग्रेस–८ का वडा सभापति रत्नमणी बगालेकोे अध्यक्षतामा भएको भेलामा काँग्रेस मकवानपुरका पूर्व सभापति माइकल रामचन्द्र अर्यालले नयाँ संरचनाअन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बिषयमा प्रष्ट्याएका थिए । नगर सभापति आनन्दराम पराजुलीले देश चुनावमय बन्दै गएको भन्दै कार्यकर्तालाई टोल÷टोल गएर आफू र आफ्नो पार्टीले गरेका कामको बिषयमा जनतालाई जानकारी गराउन अनुरोध गरे । 
नगरमा काँग्रेसको वर्चस्व रहेकोले कार्यकर्ताहरुलाई विकास निर्माणको कामको प्रचार गर्न कुनै कन्जुस्याई नगर्न भने । कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु पार्टी सल्लाहकार दामोदर सुवेदी, अशोक शाक्य, रीता खनाल, जिल्ला सदस्यहरु हरि वाग्ले, महेन्द्र राउत, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, दलित संघ केन्द्रीय सदस्य पवित्रा विक, पूर्व जिल्ला उपसभापति नारायणप्रसाद लम्साल, पूर्व जिल्ला सदस्य राधा कोईराला, ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, महिला संघ जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, नगर सभापति लक्ष्मी गौतम, विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडा शिव, तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, ८ नम्बर इकाई अध्यक्ष प्रल्हाद चौलागाई, महाधिवेशन प्रतिनिधी बमबहादुर थिङलगायतको आतिथ्यता रहेका थियो ।
कार्यक्रममा ९५ नब्बे बर्षीया दुर्गादेवी पौडेल, रामबहादुर भट्ट, केबी गुरुङ, मानबहादुर गुरुङ, प्रश्नदेवी थापा, चित्रकुमारी गुरुङ, तिलकुमारी तामाङ, रामप्रसाद अधिकारी, गोपाल मुक्तानलगायत १३ जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी ४५ जना काँग्रेसमा प्रवेश गरेका थिए ।

सकियो पहिलो चरणको अभियान
हेटौंडा, १० चैत/काँग्रेस मकवानपुरको पहिलो चरणको चुनावी अभियान सकिएको छ । 
हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा तथा ८ वटै गाउँपालिकामा वडा भेला तथा अन्तरक्रिया गर्ने अभियान सुरु गरेको थियो । क्षेत्र नम्बर १ का बाग्मती र बकैया गाउँपालिका र हेटौंडा नगरको ३ वटा वडामा भेला तथा अन्तरक्रिया कार्यक्रम सकिएको क्षेत्र नम्बर १ का सभापति दामोदर खनालले जानकारी दिए । त्यस्तै क्षेत्र नम्बर २ को मकवानपुर गढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाको १२ वटा वडामा भेला तथा अन्तरक्रिया सकिएको क्षेत्रीय सभापति यतिराज सापकोटाले बताए । ३ नम्बर क्षेत्रमा रहेको हेटौंडा उपमहानगरपालिकाको १६ वटै वडामा भेला सकिएको ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाईले जानकारी दिए । क्षेत्र नम्बर ४ को कैलाश, रासक्सराङ र मनहरी गाउँपालिकाको सबै वडामा पहिलो चरणको चुनावी अभियान अन्र्तगत भेला सकिएको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले बताए । भोली १२ गते शनिबार नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाको प्रमुख आथित्यतामा केन्द्रीय सदस्यद्वय महालक्ष्मी उपाध्याय ुडीनाु र विश्वप्रकाश शर्माको उपस्थितिमा जिल्ला भेला हुने कार्यक्रम छ । 
Powered by Blogger.