Header Ads


गोली लागेका शिक्षकको मृत्यु

हेटौंडा/नेपाली काँग्रेसका महामन्त्री सशांक कोइरालाले अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका शिक्षक रामएकवाल राय यादवप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । 
नेपाल शिक्षक संघ मकवानपुरले नेपाली काँग्रेस मकवानपुरको प्राङ्गणमा शनिबार आयोजना गरेको कार्यक्रममा यादवको पार्थिव शरीरमा माल्यार्पण गरी महामन्त्री कोइरालाले श्रद्धान्जली ब्यक्त गरेका हुन् । मकवानपुरको कैलाश गाउँपालिकाको छ्याङदुङस्थित कमलादेवी माविका शिक्षक यादवलाई रौतहट जिल्लाको विन्द्रावन गाउँपालिका–४ विश्रामपुरस्थित घरमा सुतिरहेको अवस्थामा बुधबार अज्ञात समूहले गोली प्रहार गरेको थियो । गोली लागि घाइते भएका उनको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं लगिएको थियो । काठमाण्डौंमा उपचारको क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले दोषीलाई कानुनको दायरामा ल्याएर कार्वाही गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने बताए । शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको अध्यक्षतमा भएको सभामा काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद महालक्ष्मी उपाध्यक्ष डीना र रामकृष्ण यादव, केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालगायतले यादवप्रति श्रद्धान्जली ब्यक्त गरेका थिए ।
Powered by Blogger.