किसानले मनायो स्थापना दिवश
हेटौंडा, १० चैत/हेटौंडा–१७ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाले २६ औँ स्थापना दिवशको
अवसरमा २ जनालाई सम्मान गरेको छ ।
संस्थाले ७६ बर्षीय जेष्ठ शेयर सदस्य गोविन्दप्रसाद अधिकारी र सञ्चालक समितिका पूर्व अध्यक्ष धु्रवप्रसाद धिताललाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो । सहकारी संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
देवकोटाले परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक कृषि प्रणाली अवलम्वन गरी समूहमा मिलेर काम गर्न किसानहरुलाई आग्रह गरे । दुग्ध सहकारीमा व्यवसायिकरणको आवश्यकता रहेको उनले औल्याए । कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भोलानाथ रुपाखेतीलगायतले संस्थाको बार्षिक उत्सवको सन्दर्भमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।