Header Ads


स्वास्थ्य शिविरमा १६० को स्वास्थ्य परिक्षण

हेटौंडा, २५ फागुन/हेटौंडा ७ नागश्वतीमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा बुधवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 
संस्थाले बार्षिक कार्यक्रम अन्तगर्त हरेक बर्ष निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आईरहेको 
छ । 
शिविरमा १६० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षणको साथसाथै  निशुल्क बितरण गरिएको कार्यक्रमा छालारोग तथा स्त्री रोग बिषेशज्ञ डा प्रकृति ज्ञवाली जनरल मेडिसियन डा सुष्मा हुज्दार ,डा सुदन देवकोटा लयाएत ७ जनाको टोलिले परिक्षण गरेको  संस्थाका सञ्चार प्रमुख सुशील सुबेदीले जानकारी दिए । कार्यक्रममा संस्थाका  अध्यक्ष ईन्द्रबहादुर बस्नेत, उपाध्यक्ष बालकुमारी ढकाल, कोषाध्यक्ष रामजी प्रसाद पौडेल, प्रबन्धक रामशरण गौतम लगायतको उपस्थिति रहेको थियो ।
Powered by Blogger.