हेटौंडा जेसीजको जेसीज सप्ताह २१ गतेबाट
हेटौंडा, १८ फागुन/हेटौंडा जेसीजको जेसीज सप्ताह कार्यक्रम यही फागुन २१ गतेबाट हुने भएको छ ।
जेसीजले प्रत्येक बर्ष मनाउने जेसीज सप्ताह यस बर्ष हेटौंडा जेसीजले छिट्टै गर्न लागेको हो । फागुन २१ देखि २७ गतेसम्म जेसीज सप्ताह मनाउन लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको
छ । बर्ष सन् २०१७ का अध्यक्ष अरुणकुमार दाहालका अनुसार फागुन २१ गते मनकामना अपहिल साइक्लिङ च्यालेन्ज, २१ गते नै मनकामना मन्दिर सरसफाई तथा जुत्ता राख्ने ¥याक हस्तान्तरण, २२ गते
रक्तदान कार्यक्रम, २३ गते सकारात्मक रुपान्तरणका लागि युवा नेतृत्व विषयक अन्तर जेसीज बतृत्वकला प्रतियोगिता, २४ गते स्लो मोटरबाइक कम्पीटिसन, २४ गते नै खुला पौडी प्रतियोगिता, २५ गते शैक्षिक सामग्री वितरण कार्यक्रम, २५ गते नै नारी दिवस सम्बन्धी कार्यक्रम, २६ गते पत्रकार र जेसीआई हेटौंडाबीच मैत्रीपूर्ण फुटसल र २७ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम गरिने जानकारी दिए ।
जेसीज सप्ताह कार्यक्रमलाई भव्यताका साथ सफल पार्न उज्वलराज शाक्य, सुशिल अधिकारी, राजीव सिग्देल, शिवकुमार श्रेष्ठ, क्षितिज पराजुली, आलोकराज पौडेल, अजित थापा, सुरेन्द्र भण्डारी र विपीन
ताम्राकारलाई विभिन्न कार्यक्रमको संयोजकको भूमिका दिइएको छ ।

