Header Ads


तराइ नहारोस

मधुसुदन अधिकारी

जे होस देशमा चुनावी हल्ला खल्ला चल्न थालेको छ । देशका कुना कन्दराका नेपालीहरु आफ्नो मतबाट आफ्ना जनप्रतिनिधि छान्ने अवसर आएकै हो कि रु भनेर उत्सुकताका साथ चहलपहलमा लाग्दैछन् । 
बरु सरकार लरखराउँदैछ, काँग्रेस, माओवादी केन्द्र हड्बडाउँदैछ, मधेशीनेताको होस हराउँदैछ, अन्य साना साना दल जो आजको जस्तो अस्थिरतामा तरमार्दै जुगामा ताउ मार्दैछन उनीहरुको बेहोसी आवाज विभिन्न माध्यमबाट बाहिर आउँदैछन तर सम्पूर्ण नेपाली जनता अनि प्रमुख प्रतिपक्षिय खेमाका दलहरु निर्वाचन भाड्ने पो हुन कि सत्ताधारीहरुले भनेर शंसकित र होसियार बन्दैछन् । सरकार यो वा त्यो बहानामा निर्वाचन धकेल्ने दाउमा देखिन्छ यस्तै दोधारमा निर्वाचन आयोग टोलाउदैछ अनि कार्यान्वयनमा जाने कि नजाने बडो अमान्जस्यमा निर्वाचन आयोग देखिन्छ ।
यस्तो अवस्थामा समग्र देश गुज्रिरहेको छ । सरकारले निर्वाचन सार्नसक्छ, सत्ताधारी दलहरु वर्तमान परिस्थितिसँग हार्नसक्छ, निर्देशित मधेसी नेताहरुले समग्र देशलाइनै आफ्नो अस्थिरताको उद्देश्यगत पन्जामा पार्न सक्छ, अवत प्रष्ट भैसक्यो मधेसी नेताहरु नत देशहित चाहान्छन् न मधेश हित, अनि पाइला चाल्ने देखी स्वास फेर्ने पनि छिमेकिको आदेश कुनै मधेसी नेताहरुले आसन्न स्थानीय तहको निर्वाचन कुनैपनि बहानामा हुन नदिने दाउ खेल्दैछन कहिले आन्दोलनको धम्की दिन्छन् कहिले वार्ताको वहाना कहिले लचकताको नौटंकी कहिले व्यस्तताको तानावाना बुनेर आफूलाई अत्यन्तै व्यस्त देखाउँदै समय कटाउँदै निर्वाचन विथोल्ने अनि सिंगो राष्ट्र गिजोल्ने काम जसरी गर्दैछन , यसबाट नेपाली जनता सतर्क छन् र
हुनुपर्दछ । 
आउँदो स्थानीय तहको निर्वाचनमा मधेसी नेताहरु सकेसम्म नजाने दाउमा छन पराजयको त्रासले । नेपाली जनतालाई  विदेशीको आडमा दिएको शास्तीको बहला, नेपाली जनतामाथी छिमेकीको इसारामा गरिएको ज्यादतीको बदला मधेसी जनताले लिन्छन् कि  भन्ने त्रासले निर्वाच्न हुने नदिने दाउमा मधेसी नेताहरु छन् । त्यसको प्रभावमा सरकारलाई पारेर त्यसको दबावमा सरकारलाई पारेर संविधान संशोधनको गीत गाउँदै मधेशलाई निर्वाचनबाट विमुख गराउने प्रयत्नमा मधेसी चार छ जना नेताहरु सफल भए भने त्यसको असर मधेशमा पर्ने छ र सि·ो मधेशले हार्ने छ अनि सि·ो तराइले हार्नेछ । संविधान संशोधनले अंगिकृतको जीत होला, अस्थिरता चाहनेहरुको जीत होला राष्ट्रियतालाई कमजोर बनाउनेहरुको जीत होला अनि देश विकास भन्दा आफ्नो अवस्थालाई महत्व दिनेहरुको जीत होला तर एउटा नेपालीको जीतको सुनिश्चितको वहाना भित्र पाउन सकिन्छ रु २–४ मधेशवादी हुँ भन्ने व्यक्तिको इच्छामा आधारित रहेर सि·ो राष्ट्रलाई अन्यौल बनाउने दुस्साहस जसरी काँग्रेस र माओवादी केन्द्रले गर्दैछ त्यसबाट २–४ मधेसी नेता बनेकाहरुको त जीत होला तर सि·ो तराई हार्ने पक्का छ । 
वर्तमान सन्दर्भमा आसन्न निर्वाचनलाई प्रभावपारेर जनताका अधिकारलाई कुण्ठित पार्ने र सधैँभरी मनोमानी नेताबन्ने दुइ–चार नेताहरु जनताबाट पराजित हुने त्रासले सधैँभरी अस्थिरतामात्रै चाहादाँ पक्कैपनि तराइ मधेशका आफ्ना जनभावना कुण्ठित र अपमानित हुन्छन् नै । तसर्थ सम्पूर्ण मधेशी जनताहरुले अब मधेशवादी वा अन्य क्षेत्रीयतावादी दलमा नभै देशको राष्ट्रिय राजनीतिक दललाई आफ्ना भावना अनुसारका जनप्रतिनिधि मार्फत आफ्नो र आफ्ना क्षेत्रको विकास निर्माणमा लागीपर्ने अवस्था आएको छ तबमात्रै मधेशको जीत हुनेछ, तराइको हित हुनेछ । विगत दशवर्ष देखी तराइका नाममा जे जस्ता हर्कत भए त्यसबाट समग्र राष्ट्रको शिर झुकेको समग्र नेपालीले महशुष गरेकै हो । तसर्थ जसरी वर्तमान सरकार गैर कानुनी तवरले सत्ता लम्क्याउने खेलमा रुमल्लिएको छ त्यसैगरी मधेसी नेताहरु मधेशलाई सधैँभरी दास बनाउने खेलमा, मधेशलाई सधैँभरी पारधिन बनाएर सधैँभरी आफु जमिन्दारी नेताबन्ने लहड्ले आसन्न निर्वाचन विथोल्ने खेलमा छन् । सधैँभरी छिमेकीको इसारामा आफु चल्ने र सधैँभरी मधेशी जनता, तराइका जनतालाइ अन्योलतामा घुमाउने खेलमा रहेकाहरुलाई तराइका जनताले परास्त गर्नुपर्छ । 
तबमात्रै तराइको जीत हुन्छ, समग्र मधेशको जीत हुन्छ । यसैगरी देशमा बढ्दै गैरहेको स्वेच्छाचारी प्रवृत्तीलाई चिनेर त्यस प्रवृत्तीको प्रस्तुतकर्ता पात्रहरु र समग्र राष्ट्रलाई हैकमि ढाचामा संचालन गर्ने पुरातन सोचमा आधारित दल र तीनका उमेदवारलाइ समेत नेपाली जनताले चिन्ने र ठेगान लगाउने अवसरको रुपमा आएको आगामी वैशाख ३१÷२०७४ लाई सम्पूर्ण मतदाताहरुले समग्र राष्ट्रको विकासको पक्षमा मतदान गर्न २ आफ्नो अधिकार सुनिश्चित गर्न सबैले चनाखो भएर लाग्ने अवसरको रुपमा प्रयोग गर्नुले समग्र नेपाल र नेपालीको जीत हुनेछ । तसर्थ चाहे तराइ चाहेँ हिमाली सबैले जित्ने गरी मतदान गरौँ र कसैले पनि नहारौँ ।  
Powered by Blogger.