लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलमा श्रेष्ठ
हेटौंडा, २५ बैशाख/लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको वर्ष २०१७/१८ का लागि गणेशकुमार श्रेष्ठ अध्यक्ष निर्वाचित भएका छन् ।
क्लबको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा मुकुन्द अधिकारी, द्वितीय उपाध्यक्षमा मुनु सिग्देल र तृतीय उपाध्यक्षमा भानुभक्त थपलियालाई चयन गरेको छ ।
त्यसैगरि सचिवमा राजेन्द्र पोखरेल र सहसचिवमा सुरेश श्रेष्ठ चयन भएका छन् । यस्तै कोषाध्यक्षमा विवेक मानन्धर र सहकोषाध्यक्षमा राजेन्द्र ढुंगाना, मेम्बरसीप ग्रोथ चेयरपर्सनमा गंगा चौलागाई, जनसम्पर्क अधिकृतमा जगन्नाथ सापकोटा र टेलट्वीस्टरमा यम सिलवाल चयन भएका हुन् । लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलका संस्थापक अध्यक्ष बीके महर्जनको अध्यक्षतामा भएको बैठकमा लायन्स क्लबका रिजन चेयरपर्सन विष्णुगोपाल महर्जनलगायतकाको उपस्थिति रहेको थियो ।

