Header Ads


चुनावी अभियान मानवसेवा आश्रमबाट

हेटौंडा, २० बैशाख / स्थानिय निकायको चुनावी अभियान अन्तरगत नयाँ शक्ति नेपाल पार्टी ९ नम्वर वडा कमिटिले हेटौंडा–९ लामसुरे धापमा रहेको मानवसेवा आश्रमबाट शुरु गरेको छ । 
आश्रममा सेवा लिईरहेका बृद्ध बृद्धाको हातबाट टिका लगाई आर्शिवाद लिएर प्रचारप्रसार कार्यक्रमको शुरुवात गरेको हो । हेटौंडा ९ गुम्वाचोकमा प्रचारप्रसार कार्यालयको उद्घाटन पश्चात मानवसेवा आश्रममा पुगेको टोलिले  नगद पाँच हजार रुपियाँ र फलफुल समेत सहयोग गरेको थियो । 
फलफुल हस्तान्तरण एवम् चुनावी प्रचारप्रसार कार्यक्रममा नयाँ शक्ति नेपाल पार्टी ९ नम्वर वडाका अध्यक्षका उम्मेदवार प्रेम प्रसाद बोलखे, हेटौंडा उपमहानगरपालिका उपमेयर पदका उमेद्वार पुनम खतिवडा भट्टराई, सदस्य पदका उमेद्वार एवम नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Powered by Blogger.