पत्रकार महासंघलाई कुर्सी सहयोग
हेटौंडा, ६ असार/हेटौंडा–४ कमलडाँडामा रहेको हेटौंडा फुटसल एण्ड स्विमिङ सेन्टरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई कुर्सी सहयोग गरेको छ ।
मंगलबार कमलडाँडामा एक कार्यक्रमको आयोजना गरी अध्यक्षको लागि एकथान र बाँकी १५ थान प्लास्टिकको कुर्सी हस्तान्तरण गरेको हो ।
पत्रकार महासंघको बैठक कक्षका लागि कुर्सीको अभाव भएको जानकारी पाएपश्चात १५ थान प्लास्टिकको कुर्सी र अध्यक्षका लागि १ थान विशेष कुर्सी उपलब्ध गराएको हो ।
हेटौंडा फुटसल एण्ड स्विमिङ सेन्टरका अध्यक्ष यम शिलवाल, सञ्चालक रघुराम कार्की लगायतले पत्रकार महासंघका अध्यक्ष हरि हुमागाइँ, उपाध्यक्ष सरिता दाहाल, सचिव गणेशदर्पण अधिकारी, कोषाध्यक्ष सुदीप शिवाकोटीलगायतलाई कुर्सी हस्तान्तरण गरेका हुन् । फुटसल एण्ड स्विमिङ सेन्टरका अध्यक्ष शिलवालले आगामी दिनमा पनि पत्रकार महासंघलाई आवश्यक सहयोग गर्न तत्पर रहेको
बताए ।