Header Ads


पाठ्यक्रम विकास केन्द्रद्वारा त्रुटी स्वीकार

हेटौंडा, ६ असार/ नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमीले कक्षा ७ को नेपाली विषयको एउटा पाठमा त्रुटी भएको स्वीकारेको छ ।
नेपाली विषय पुस्तकको पृष्ठ सङ्ख्या ३१ मा रहेको पाठ ४ को अभ्यास नम्बर ८ मा विपरितार्थी शब्द मिलाउ भन्ने ठाउँमा गल्ती भएको स्वीकारेको हो । विपरितार्थ शब्द जोडा मिलाइ कापीमा सार भन्ने अभ्यासमा मधेशीको विपरितार्थी शब्द पहाडी दिइएको भन्दै मकवानपुरमा यसको विरोध भएको थियो । विभिन्न संघसंस्थाले यसको विरोध गर्दै यस
विरोधाभाष रहेको कितावको पृष्ठ सङ्ख्या ३१ जलाउनुको साथै यसलाई सुधार्नुपर्ने माग गरिएको थियो ।  पाठ्यक्रम विकास केन्द्र सानोठिमीले सूचना प्रकाशित गर्दै सामाजिक सांस्कृतिक सन्तुलन र सांस्कृतिक सद्भावका दृष्टिले मधेशी र पहाडी शब्दलाई विपरित अर्थमा प्रयोग गर्नु उपयुक्त नदेखिएको स्वीकारेको छ ।पाठ्यक्रम विकास केन्द्रले पाठ्य पुस्तकबाट उक्त शब्द हटाएर अध्ययन अध्यापन गर्न अनुरोध गर्दै आगामी संस्करणमा उक्त पाठ्य पुस्तक संशोधन गरेर प्रकाशन गर्ने समेत बताएको छ ।
Powered by Blogger.