विद्यालयलाई जागरण अभियानको पंखा
हेटौंडा, ६ असार/हेटौंडा–११ गोल्फेनटारमा रहेको शंकरज्योति आधारभूत विद्यालयलाई मकवानपुर जागरण अभियानले ६ थान पंखा सहयोग गरेकोछ ।
अधिकांश सुकुम्बासी परिवारको बालबालिका अध्ययन गर्ने एवम् भौगोलिक दृष्टिकोणले पछाडी परेको विद्यालयलाई जागरण अभियानले मङ्गलबार एक कार्यक्रमकाबीच ६ थान पंखा सहयोग गरेको हो । गर्मी मौसम भएको कारण विद्यार्थीहरुलाई पढ्न असहज अवस्था भएको जानकारी पाएपश्चात पंखा सहयोग गरिएको अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक मुकुन्द न्यौपानेले गर्मी मौसममा तातो अवस्थामा पढ्न बाध्य बालबालिकाहरुलाई पंखा प्राप्तीसँगै केही राहत हुने प्रतिक्रिया दिए । उनका अनुसार २ सय ७५ विद्यार्थी अध्ययनरत विद्यालयको आर्थिक स्रोत निकै कम रहेको छ । विद्यालय एवम् विद्यार्थीलाई समेत धेरैजसो शैक्षिक सामग्रीहरु सहयोगमा प्राप्त भइरहेको उनले जानकारी दिए । ‘हेर्दा सानै लागेपनि यो सहयोगले यहाँका विद्यार्थीहरुलाई ठूलो राहत हुनेछ’, प्रधानाध्यापक न्यौपानेले भने, ‘यस किसिमको कार्यले विद्यालयलाई थप टेवा पुग्ने गर्दछ । अन्य स्थानहरुमा पनि आवश्यक सहयोग गर्दै जानुहोला ।’
सहयोगी जागरण अभियानका अध्यक्ष कोइरालाले विद्यालयको समस्याका बारेमा अभियानलाई पहिले पनि जानकारी प्राप्त भएको बताउँदै गर्मी मौसममा तातोमा पढ्ने असहज अवस्था हटाउनको लागि पंखा सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीका साथै मकवानपुर जागरण अभियानका उपाध्यक्ष जनकमान डंगोल, सचिव बालकृष्ण दाहाल, कोषाध्यक्ष सलिना ढुङ्गेल, सदस्यहरु अञ्जन दाहाल, अच्यूत चालिसे, ध्रुव देवकोटा लगायतको उपस्थिति रहेको थियो ।