नगर कप फुटबल कार्तिक दोस्रो हप्ता
हेटौंडा, १ असार/ हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सञ्चालन हुँदै आएको हेटौंडा नगरकप फुटबल प्रतियोगिताको तेस्रो संकरण आगामी कार्तिक दोस्रो हप्ताबाट हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिका र मकवानपुर जिल्ला खेलकुद विकास समितिको बीचमा भएको छलफलले यस वर्षको नगर कप फुटबल कार्तिक दोस्रो हप्ता गर्ने निर्णय गरेका हुन् । हेटौडा उपमहानगरपालिका अन्तर वडा स्तरीय नगर कप फुटवल गत वैशाखमा गर्ने भनिए पनि निर्वाचनको कारण स्थगीत भएको थियो । हेटांैडाका फुटबल खेलाडी उत्पादनको लागि महत्वपूर्ण आधारका रुपमा लिने गरिएको छ । हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको उपस्थितिमा भएको छलफलले अहिले बर्षायाम सुरु भएकोले तत्काल प्रतियोगिता आयोजना गर्न असहज हुने निष्कर्ष निकाल्दै दशैँ, तिहार र छठ पर्व लगत्तै प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको खेलकुद विकास समिति प्रमुख
राजन दाहाल खुशराजले जानकारी दिए । छलफलमा नगरपालिकाका सूचना अधिकृत शंकरप्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना, खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाललगायतको उपस्थिती थियो । हेटौडा नगरपालिकाको आर्थिक सहयोग तथा हेटौडा स्कुल अफ म्यानेजम्यान्टको मुख्य प्रायोजनमा गत वर्ष भएको प्रतियोगिताको उपाधि ७ नम्बर वडाले जितेको थियो ।