दोश्रो किस्ताको रकम वितरणमा समस्या
हेटौंडा, १ असार/ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका मकवानपुर जिल्ला प्रमुख पुष्प अधिकारीले पहिलो किस्ताको रकम पाएका भूकम्प पीडितहरुमध्ये धेरैले घर बनाउनै नसकेको र बनाएकाहरु मध्ये पनि धेरैको प्रक्रिया नमिलेकोले दोस्रो किस्ताको रकम दिन समस्या भैरहेको बताएका छन् ।
ईन्सेक मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको सार्वजनिक सुनुवाईमा उनले घर निर्माणमा धेरै कमजोरी पाइएको र मापदण्ड अनुरुप नभएकोले दोश्रो किस्ताको रकम वितरणमा समस्या भइरहेको बताए । ‘पहिलो किस्ताको रकम लिएकामध्ये पनि धेरैले घर बनाउनै सकेका छैनन् । घर बनाएका मध्ये पनि धेरैले तोकिएको आचारसंहिता तथा नियम बमोजिम बनाएका छैनन्’, अधिकारीले भने, ‘यसले गर्दा पनि दोस्रो किस्ताको रकम वितरणमा केही ढिलाई भैरहेको छ ।’ लालपूर्जा नभएका कारण पनि धेरै भूकम्प पीडितले रकम प्राप्त गर्न नसकेको उनले बताए ।
यस्तै भूकम्पले क्षति पु¥याएको मकवानपुरको ६८ विद्यालय निर्माणको लागि सम्झौता भएको अधिकारीले जानकारी दिए । हालसम्म मकवानपुरमा २ सय घर निर्माण कार्य सम्पन्न भैसकेको बताइएको छ । मकवानपुरमा ३० हजार २ सय ३८ लाभग्राही सङ्ख्या रहेको थियो भने २२ हजार ४ सय एक जनास“ग सम्झौता भएको थियो । सम्झौता भएको मध्ये २० हजार २ सय ९४ जनाले प्रथम किस्ताको रकम लगिसकेका छन् भने १ हजार ३९ जनाले दोश्रो किस्ताको रकम लगिसकेको अधिकारीले बताए । ३२७ जनाले तेश्रो किस्ता पनि लगिसकेको उनले बताए । २६ हजार ९ सय ६८ वटा उजुरी परेकोमा १६ हजार २ सय ६० वटा उजुरीहरु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बोधन भइसकेको उनले बताए ।
सार्वजनिक सुनुवाई ईन्सेक मकवानपुर प्रतिनिधी प्रताप बिष्टको अध्यक्षतामा भएको हो । कार्यक्रममा सञ्चारकर्मी एवम् मानव अधिकारको क्षेत्रमा कार्यरत संस्थाका प्रमुख एवम् प्रतिनिधीहरुको उपस्थिती
थियो ।

बालिका सबैभन्दा पीडित
हेटौंडा, १ असार/मानवअधिकारको उल्लघंनको घटनामा सबै भन्दा बढी बालिकाहरु पीडित भएको पाइएको
छ ।
इन्सेक मकवानपुरले विहीबार सार्वजनिक गरेको ६ महिनाको प्रतिवेदन अनुसार यौनदुव्र्यवहार र बलत्कारको घटनामा बालिकाहरु बढी पीडित भएको बताइएको छ । ८ वर्षदेखि १५ वर्षसम्मका बालिकाहरु स्थानीयबाट नै दुव्र्यवहारमा पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । वितेको ६ महिनामा मकवानपुरमा १६ वटा मानव अधिकार उल्लङ्घनका घटना भएका छन् ।
जनवरी २०१७ देखि जुन महिनामा सबैभन्दा बढी बलात्कारका ९ घटना छन् । बलात्कारका घटनामा बालिका बढी पीडित हुन थालेको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)का मकवानपुर प्रतिनिधी प्रताप बिष्टले बताए । उनका अनुसार बलात्कारका ७ घटना बालिका माथि भएको थियो । बलात्कारका घटना शहरमा भन्दा गाउँमा बढी देखिएका छन् । बलात्कारका ९ घटनामध्ये ३ वटा मात्र हेटौंडा उपमहानगरपालिकाका हुन् । एक बालिकालाई बाराकी १५ बर्षकी एक बालिकालाई हेटौंडा ल्याई बलात्कार गरिएको थियो । बलात्कारमा ४, ६ बर्षकी बालिकासहित सुस्तमनस्थिती युवती समेत परेकी छिन् ।
बलात्कारका घटनाले बालिकाहरुलाई मनोबैज्ञानिक र सामाजिक रुपले जिवनभर पिरोल्ने गर्छ । त्यसैले बालिकाहरुलाई चेतना जगाउँदै अभिभाबकहरु चनाखो हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । बिगत ६ महिनामा जिल्लामा हत्या, विस्फोटन र अपहरणका एक–एक, बेचबिखन तथा ओसारपसार र बहुबिवाहका दुई–दुई घटना भएका छन् ।