Header Ads


औषधि संघ र व्यापारमा तीन तह: अन्सारी

हेटौंडा, ३१ जेठ/ नेपाल औषधि व्यवसायिक संघ नारायणी अञ्चलका अध्यक्ष मोहम्मद ताजुदिन अन्सारीले औषधि संघ र व्यापारमा तीन तह हुने गरेको औल्याएका छन् ।
औषधि व्यवसायीमा केन्द्र, अञ्चल र जिल्ला हुने भएकोले र व्यापारमा पनि आयतकर्ता, थोक र खुद्रा हुने भएकोले संघ र व्यापारमा तीन तह हुने उनले बताए । नेपाल औषधि व्यवसायिक संघ मकवानपुरको ५ आँै जिल्ला अधिवेशनमा प्रमुख अतिथि रहेका अन्सारीले औषधी व्यवसाय अन्तर्गत खुद्रा थोक विक्रेतामा सबैभन्दा झमेला र इमान्दार पक्ष रहने बताए ।
नेपाल औषधि व्यवसायिक संघ मकवानपुरका पूर्व उपाध्यक्ष हरेराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघको नारायणी अञ्चलका महासचिव पप्पुकुमार झाले अन्य व्यवसायको तुलनामा औषधि व्यवसायमा ‘एमआरपी’ आधारमा विक्रि वितरण गर्ने भएकोले सर्वसुलभ तरिकाले एकरुपता आउने गरेको बताए । कार्यक्रममा मेलान मकवानपुरका अध्यक्ष उत्सव चौलागाईले स्वास्थ्य मन्त्री परिवर्तन भएसँगै औषधी व्यवसायमा समस्या हुने गरेको बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले आगामी दिनमा औषधी व्यवसायीसँग सहकार्य गरी अघि बढ्ने बताए । त्यसैगरी हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेस शर्माले सर्वशुलभ तरिकाले सेवा शुल्क प्रदान गरीने अस्पतालमा गरिब निमुखा वर्गका मानिसहरु अस्पताल आउने गरेको बताए । राक्सिराङ, खैराङलगायतका विकट गाउँका मानिस उपचार गर्न हेटौंडा अस्पताल आउने गरेको तर धनी वर्गका मानिसहरु बिरामी भएमा हेटौंडा अस्पताल छोडेर अन्य ठाउँमा गएर उपचार गर्ने गरेको उनले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले औषधि व्यवसाय संवेदनशील हुने भएकोले अन्य व्यवसायको तुलनामा यस व्यवसायमा आवद्ध संस्थाहरु गम्भीर हुनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईँ,  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बसन्तकुमार लामालगायतको शुभकामना मन्त्व्य व्यक्त गरेका थिए ।

दाहालको नेतृत्वमा औषधि व्यवसायिक संघ    

यसैबीच, नेपाल औषधि व्यवसायिक संघ मकवानपुरको ५ आँै जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा सुधीर दाहाल चयन भएका
छन् ।
्बुधबार भएको संघको अधिवेशनबाट दाहालको अध्यक्षतामा हरेराम श्रेष्ठ उपाध्यक्ष, नारायण श्रेष्ठ महासचिव, विनोदकुमार लामिछाने सचिव, सलामसिं तामाङ कोषाध्यक्ष, सगुन श्रेष्ठ सहकोषाध्यष पदमा चयन भएका छन् । त्यसैगरी सदस्य पदमा राजु गुरुङ, विष्णु थापा, देवनारायण शाह, सरस्वती सौराली चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष दाहालले औषधि व्यवसायीको हकहितको निम्ति आफू अग्रसर भएर कार्य गर्ने बताए ।
Powered by Blogger.