अभिमतको कदर नगर्नेहरु
![]() |
| मधुसुदन अधिकारी |
संसारका ठूला ठूला देशका ठूला ठूला राजनैतिक दलका नेताले आफ्नो भागमा रहेको जनमतलाई स्यालुट गर्छन, आभार प्रकट गर्छन र जनमतलाई सहजै स्विकार्दछन् ।
छिमेकी राष्ट्र भारतमै निर्वाचनको परिणामलाई विना संकोच विना हिचकिचाहट सहज स्विकार्ने प्रचलन छ । अमेरिका होस, जापान होस, कोरिया होस अथवा समग्रमा यूरोप अमेरिकामा जनमतको अपेहलना हुँदैन । विश्वको राजनैतिक इतिहासमा जसले जनमतको कदर गर्दैन उ कहिले शासन सत्तामा पुग्दैन, यो प्रमाणित तथ्य हो । जसले प्रजातन्त्रमा विश्वास गर्दछ र प्रजातान्त्रिक अभ्यासमा समाहित हुन्छ । नेपालको सन्दर्भमा अलि फरक खालको अभ्यास हुँदैछ ।
विगतलाई छाडेर वर्तमान स्थानीय तहको हालै सम्पन्न प्रथम चरणको निर्वाचनको सन्दर्भमा स्थानीयस्तरमा भएका थोरै अभ्यासका दृष्टान्तहरुमा समग्रमा वर्तमान सत्ता साझेदार दलहरुका बिच चुनावी तालमेल हुनु स्वाभाविकै मानियो नेतृत्व तहमा तर जनस्तरमा त्यो स्वीकार्य नहुँदो रहेछ । जसरी पनि एमालेलाई हराउने, भगाउने अनि आफु हावी हुने । त्यसरी नसके अपवित्र प्रलोभनमा जाने त्यसरी पनि सम्भाव नभए अन्तमा मतगणनास्थलमा हुल हल्ला मच्चाउने र जसरी भएपनि विथोलेर जाने रणनीतिका बाबजुदपनि अत्यन्तै उत्सही ज नलहर एमालेको पक्षमा देखिएकै हो । जनविश्वास एमालेले प्राप्त गरेकै हो । सत्तापक्षको अवस्था लोकप्रिय नदेखिएकै हो । केन्द्रमा साझेदारी, स्थानीय स्तरमा पैचो सापटीको नीति अख्तीयार गरेरै होला माओवादी केन्द्रले आफुलाई रहेको जनमतलाई जोगाउने हैसियतमा समेत उभ्याउन सकेन । राप्रपाले त आफ्नो अस्तित्व नै काँग्रेस–माओवादीको पोल्टामा खन्यायो । केन्द्रमा एमालेसँग तालमेल गरेर स्थानीय स्तरमा फाइदाको हिसावमा आफ्ना शक्ति लगायो ।
विगतको मतपरिणाम र स्थानीय स्तरको सम्पन्न निर्वाचनको मतपरिणामले त्यही बताउँछ । प्रथम चरणको स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन अब भरतपुर महानगरपालिकाको मात्रै बाँकी छ । भरतपुरमा माओवादी केन्द्रका केही अराजक कार्यकर्ताले आफ्नो शैन्यकला प्रदर्शन गरेर हार स्वीकार्न नसकेर काउण्ट भैसकेका तर हिसाव भैरहेका मतपत्र च्यातेर आफ्नो कला प्रदर्शन गरेछन् । हाल प्रहरी हिरासतमा छन् । निर्वाचनमा सायद तनाव हुनु, भनाभन हुनु, मतदान विथोलिनु जस्ता क्रियाकलाप हुने गर्छन् । त्यसलाई राजनैतिक हिसावले समझदारीमा मिलाएर लैजाने गरिएकै देखिन्छ तर जब हारिदैछ भनेर मतपत्र च्यातेर वितण्डा मच्चाउँदा जनमानसमा के असर पर्ला, सिंहदरबारबाट बनाएको योजना अनुसार हो भनेर पक्राउ परेकाहरुले भनिरहेका कुरा सार्वजनिक समाचार माध्यमबाट बाहिर आइरहदा हामीजस्ता सर्वसाधारणले के बुझने र कसरी बुझने ? अब साँच्चै यो देशको निर्वाचन आयोग आफू सक्षमताका साथ अगाडि बढ्न चाहान्छ भने भरतपुरको माओवादी केन्द्र कि उम्मेदवारको उम्मेदवारी खारेज हुने कि नहुने ? त्यस्तै पक्राउ परेका माओवादी केन्द्रका कार्यकर्तालाई कानुनत ः जरिवाना र जेल सजाय हुने कि नहुने ? टोल टोलमा चोक चोकमा अनि जन जनका प्रश्न ओइरिदै छन् । माओवादी केन्द्र जो आफू शैन्य अभ्यासको अभ्यस्त शक्ति हो, चुनावमा छ, उ हार्दैछ, अवस्था असामान्य बन्दैछ भन्ने आँकलन निर्वाचन आयोग र मतगणना स्थलको सुरक्षार्थ खटिएका एस पी लगायतको सुरक्षा टिमकै नियतमाथी किन शंका नगर्ने ? कतै सरकारबाटै निर्देशन थियो र यस्तो वे वास्ता भएको त हैन ? प्रश्न सुरक्षा निकायमाथी पनि छ । त्यस्तै निर्वाचन मुख्य अधिकृत जो मतगणनाको सुरुवातबाटै विवादित भए उनीलाई ठिक त्यसैबेला गणनास्थलबाट अन्यत्र जानुपर्ने संयोग कसरी मिल्यो ? यी र यस्तै प्रश्नहरु अहिले यत्र तत्र सुन्न पाइन्छ ।
यदि जन जन बाट उठेका सवाल साच्चै हो भने माओवादी केन्द्र एकादेशको कथामा सिमित नहोला कसरी अनुमान गर्ने ? लोकतन्त्रलाई माओवादीले साँच्चै स्वीकारको हो भने जनताको जनमतको कदर गर्ने हिममतका साथ माओवादी जनमतमा गएको हो भने जनमतको परिणाम पनि स्वीकार्ने साहस आँट र पुनः प्रयासको धैर्यता राख्नु पर्दछ । अन्यथा यो देशबाट राणा हराए, पञ्च हराए, राजतन्त्र हरायो भने माओवादीपनि विलाएर नजाला कसरी भन्न सकिएला ? तसर्थ जनमतको सहस्र स्विकार नै माओवादी केन्द्रको कर्तव्य हो । जब यसरी जनमतमा अविश्वास गरेर चर्चामा आइन्छ । दोस्रो चरणमा कसरी अगाडि बढ्ला ? जनताको प्रश्न माओवादी केन्द्रलाई ।